Nepa Top
century-bank

पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका ‘गुन्डा नाइके’ गणेश लामा जेलमुक्त

काठमाडौं । ‘गुन्डा नाइके’ गणेश लामा जेलबाट छुटेका छन् ।लामा ३० गते सोमबार राति छुटेका हुन् ।

उनी पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । लामालाई प्रहरी टोलीले गौशालास्थित होटल पशुपति भिजनमा पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले थुनछेक आदेश बमोजिम उनलाई हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप डिल्लाबजार कारागारमा पुर्पक्षका लागि राखेको  थियो ।

डिल्लीबजार कारागारका अनुसार लामा हतियारको मुद्दामा सजाय पूरा भएपछि जेलमुक्त भएका छन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]