Nepa Top
century-bank

अति गरीबको सूचीमा पूर्वमन्त्रीलगायत हुने-खानेहरु, ठगिनेकै विरुद्ध विप्लव कार्यकर्ताको प्रयोग (भिडियो)

काठमाडौं, ३० असोज । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २८९ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. बाजुरामा हुने खानेको नाम पनि अति विपन्नमा दर्ता, पूर्वमन्त्रीसमेत गरिब !

बाजुरा, ३० असोज । विपन्नको जीवनस्तर उकास्ने सरकारी कार्यक्रममा चरम वेथिति भएको छ । बझाङ, बाजुरा लगायका जिल्लामा सुविधा पाइने लालचले पूर्वमन्त्री, जनप्रतिनिधि र प्रधानाध्यापक लगायत समाजका हुनेखानेहरु पनि ‘गरिव हुँ’ भनेर परिचय पत्र लिन अघिसरेका छन् ।

यस्तै मध्ये २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सांसद तथा २०५८ सालमा बनेका भुमिसुधार सहायकमन्त्री बनेका बाजुरका जनकराज गिरीको नाममा अति गरिबको सूचिमा छ । सांसद हुनु पुर्व स्थायी शिक्षक समेत रहेका गिरीको आर्थिक अवस्थामा अति गरीबको सुचिमा सुचिकृत हुने खालको छैन ।

२. विप्लप माओवादीको कार्यकर्ता हुँ भन्ने एलपी बुढाथोकी को हुन् ?

काठमाडौं, ३० असोज । हामीले कार्यक्रमको सुरुवात देखिनै दुवईमा भिजिट भिषामा लैजाने बाहानामा मानव तस्करी गर्ने गिरोहको बारेमा देखाउँदै आएका छाैं । लाइफ गार्डको लागि दुबई लैजाने भन्दै नयाँ बसपार्कमा रहेको ट्रष्ट ट्राभल एजेन्सीले ठगेको भन्दै सुर्खेतका मनोज गुरुङको बिषयमा रिपोर्टीङ गरेका थियौँ ।

यो विषय हामीले ट्राभल सञ्चालक महिलासँग समस्याको बारेमा कुरा गर्दा उल्टो आँफु विप्लप माओवादीको नेता भएको भन्दै अर्का व्यक्ति इश्वर बुढाथोकी बताउने एलपी बुढाथोकी बिचमा आएका थिए ।

३. दसैैको बेला पनि काम गरेको पैसा दिएन ठकेदारले !

काठमाडौं, ३० असोज । दसैका बेला सबै आफ्नो जन्मघर फर्किने चटारोमा छन् । तर काठमाडौं सडक निमार्णमा खटीएका मजदुर निमार्ण कम्पनीले ज्याल त परैको कुरा घर फर्कीने गाडी भाढा समेत नदिएपछि काठमाडौंमै अलपत्र परेका छन् ।

उनि जाजरकोटका, १४ वर्षीय हरिचन्द्र विक । उमेरले श्रम गर्न बन्देज लगाएपनि परिवारको एक्लो छोरा भएपछि घरको अवस्थाले काम गर्न बाध्य बनायो । र अहिले काठमाडांै मुलपानिमा सडक निर्माणको काम गरिरहेका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]