Nepa Top
century-bank

दसैैको बेला पनि काम गरेको पैसा दिएन ठकेदारले !

काठमाडौं, ३० असोज । दसैका बेला सबै आफ्नो जन्मघर फर्किने चटारोमा छन् । तर काठमाडौं सडक निमार्णमा खटीएका मजदुर निमार्ण कम्पनीले ज्याल त परैको कुरा घर फर्कीने गाडी भाढा समेत नदिएपछि काठमाडौंमै अलपत्र परेका छन् ।

उनि जाजरकोटका, १४ वर्षीय हरिचन्द्र विक । उमेरले श्रम गर्न बन्देज लगाएपनि परिवारको एक्लो छोरा भएपछि घरको अवस्थाले काम गर्न बाध्य बनायो । र अहिले काठमाडांै मुलपानिमा सडक निर्माणको काम गरिरहेका छन् । ३० दिन बढी काम गरेर आउने २२ हजार बोकेर घर फर्किने तयारी गरेका उनि गाडी भाडा समेत नपाएपछि मन अमिलो पारेर काठमाडौंमा भाँैतारीरहेका छन् ।

रुकुमकी मनमाया परियार । सडक निर्माण ढुङ्गा बोक्ने र मसला बनाउने काम गरिन् । एक महिना बढी काम गरेरको पैसा आउला र घर फर्किएर छोराछोरीलाई भेटौँला सोचेकी मनमाया काम गरेको ज्याला नपाएपछि दशैमा आमाको बाटो हेरेर बसेका छोराछोरी सम्झिएर विचलित छिन् ।

यस्तै जाजरकोटका विरेन्द्र विक, शक्ति विक लगाएत ३५ जना बढीलाई उमेश लामाको भण्डार थुदुङ कम्पनी मार्फत पेटी ठेकदार कविन्द्र लामा लगाएतले काम लगाएका थिए ।

यो दसैको मुखमा उनिहरुले कामको ज्यालाको त कुरै छोडैँ बसेको क्याम्पमा रासन पानि समेत छैन ।
तर अहिले पेटी ठेकेदार कविन्द्र लामाले उमेश लामाको कम्पनीले पैसा नदिएकाले आँफुले दिन नसकेको भन्दै आएका छन् ।

यता भण्डार थुदुङ निमार्ण कम्पनीका सञ्चालक उमेश लामाले भने कविन्द्र लामाले काम बमोजिमको पैसा लगिसकेको तर मजदुरहरुलाई नदिएको दाबी गर्छन् । मुख्य निर्माण कम्पनी र लेवर कन्ट्याक्मा काम गरेको पेटी ठेकेदार विच पैसाको कुरा नमिल्दा मरी मरी काम गरेका यी मजदुरको दसैको बेला आफ्नो पसिनाको कमाई पाएका छैनन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]