Nepa Top
century-bank

विप्लप माओवादीको कार्यकर्ता हुँ भन्ने एलपी बुढाथोकी को हुन् ?

काठमाडौं, ३० असोज । हामीले कार्यक्रमको सुरुवात देखिनै दुवईमा भिजिट भिषामा लैजाने बाहानामा मानव तस्करी गर्ने गिरोहको बारेमा देखाउँदै आएका छाँै । लाइफ गार्डको लागि दुबई लैजाने भन्दै नयाँ बसपार्कमा रहेको ट्रष्ट ट्राभल एजेन्सीले ठगेको भन्दै सुर्खेतका मनोज गुरुङको बिषयमा रिपोर्टीङ गरेका थियौँ ।

यो विषय हामीले ट्राभल सञ्चालक महिलासँग समस्याको बारेमा कुरा गर्दा उल्टो आँफु विप्लप माओवादीको नेता भएको भन्दै अर्का व्यक्ति इश्वर बुढाथोकी बताउने एलपी बुढाथोकी बिचमा आएका थिए । उनले ट्राभलले गल्ती नगरेको भन्दै हाम्रो बारेमा पार्टीमा कुरा उठाउने भन्दै यसरी धम्काएका थिए ।
यस लगत्तै हामीले ट्राभल सञ्चालीकालाई हाम्रो कार्यालयमा बोलायौं । उनिसँगै विप्लप माओवादीको नेता बताउने बुढाथोकी पनि आए तर उनि हामीसँग केही कुरै नगरी ट्वाइलेट जाने भन्दै भागे । हामीले त्यपछि पटक पटक फोन सम्पर्क गरि हाम्रो कार्यालयमा बोलायौं तर उनि आएनन् ।

बरु ट्राभल सञ्चालीकाले आफ्नो गल्ती स्वीकार गर्दै पीडित मनोज गुरुङलाई पैसा फिर्ता गरिन ्। मनोजको पैसा अर्का एजेण्ट गोपाल थापाले र ट्राभलले ठगी गरेका थिए । अहिले दुवैले पैसा फिर्ता गरेका छन् । तर हामीलाई विप्लप माओवादी भनि धक्काउने बुढाथोकीले भने हाम्रो बारेमा अर्नगल प्रचारमा लागेका छन् ।

उनि अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी निकट टे«ड युनियन संगठनको नाममा विज्ञप्ती जारी गर्दै नाटकीय शैलीमा प्रशारण भएको कार्यक्रममा संगठनलाई दलालको पक्षधर र श्रमिक विरोधी चित्रण गरेको भन्ने उल्लेख गरिएको छ ।

बुढाथोकीले यतिसम्म पनि हेक्का राखेछन् कि ट्राभल सञ्चालीका महिलाले आफ्नो गल्ती स्वीकार गर्दै पीडितको पैसा फिर्ता गरिसकेकी छन् । साथै विज्ञप्तीमा कागज च्यात्न लगाएको उल्लेख गरिएको छ । जहाँ कि ट्राभल सञ्चालीकले पीडितलाई यो चेक दिएकी थिइन ।

बुढाथोकी हाम्रो कार्यालयबाट निस्कीएपछि हामीले कार्यालयमा किन आएको भनेर सोध्न बोलाउँदा उनि काम भएर निस्कीएको भन्दै आउन मानेनन् । र हाम्र्रो कार्यक्रम प्रशारण भएपछि आफ्नो बचाउका लागि अर्नगल प्रचारमा उत्रिए ।

यति मात्रै होइन, उनिसँगै आएका गोपाल थापाले कतार लैजाने भनेर जनही १/१ लाख ठगी गरेका चन्द्रमान घर्तीमगर र थबहादुर थकामी हाम्रो कार्यालयमा आएका छन् । उनिहरुले थापालाई पैसा फिर्ता माग्दा उनले समेत विप्लप माओवादी लगाइदिने भन्दै धम्काउने गरेको आरोप छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]