Nepa Top
century-bank

थाइराइडका बिरामीले खानै पर्ने खानेकुरा

थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ ।यो गन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो ।यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ। शरीरका लागि यो अत्यावश्यक हर्मोन हो। थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल अवस्हुन्छ। उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्छ। जसले हामीले खाएको पौष्टिक तत्त्वलाई जीनतत्त्वमा रूपान्तरण गर्छ।

थाइराइड हार्मोनले शारीरकि शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्त्वपूर्ण काम गर्छ। थाइराइड ग्रन्थिको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा -अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ -हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ -हाइपोथाइराइडिज्म)। यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ। मष्तिष्कबाट पिटुटरी ग्रन्थिमा थाइराइड स्िटमुलेटिङ् हार्मोन -टीएसएच) उत्पन्न हुन्छ। उक्त टीएसएच हार्मोन थाइराइड ग्रन्थिमा परभि्रमण गरेर टी-३ तथा टी-४ हार्मोनहरू उत्पादन गर्न उत्प्रेरकको काम गर्छ। थाइराइड ग्रन्थिलाई टी-३ तथा टी-४ हार्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ।

थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ ।

तर कसैको अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्छ ।

१. थाइराइडलाई नियन्त्रण गर्न दैनिक दुधमा बेसार पकाएर खाने गर्नुपर्छ । बेसार हालेको दुध यसका लागि धेरै प्रभावकारी हुन्छ ।

२. दैनिक खालि पेटमा लौकाको जुस पिउने गर्दा पनि थाइराइडबाट टाढा रहन सकिन्छ । यो जुस पिएपछि आधा घण्टासम्म अरु केही नखाइ बस्नुपर्छ ।

३. दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने गर्दा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. थाइराइडबाट मुक्त हुने अर्को तरिका भनेको प्याजको मजास हो । प्याजलाई बीचबाट काटेर दुई टुक्रा पार्ने अनि सुत्नुअघि थाइरोइड ग्रन्थिको वरिपरि त्यसले मजास गर्ने । यसरी प्याजको रस नधोइकन राखिरहने हो भने पनि यसबाट धेरै राहत पाउन सकिन्छ ।

५. थाइराइडको उपचारका लागि मरिच पनि धेरै फाइदाजनक मानिन्छ । कुनैपनि तरिकाले दैनिक मरिच सेवन गर्ने गर्दा धेरै लाभ पाउन सकिन्छ ।

६. बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइरोइडको उपचारका लागि धेरै उपयोगी मानिन्छन् । अझ हाइपोथाइरोइड ९थाइराइड हर्मोन वृद्धि हुनु० का लागि यो उपाय सबैभन्दा बढी प्रभावकारी साबित हुने गर्छ ।

७. कागतीको पत्ता नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]