Nepa Top
century-bank

बहुगुणी फल अमला, जसमा लुकेको छ जीवनको रहस्य

काठमाडौं,एजेन्सी । हामी सबैफार्इ थाहा छ अमला प्रकृतिले दिएकाे निशुल्क बहुगुणी फल हाे । अायुर्वेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलाकाे फाइदा र उपयाेगितालाई यसरी हेर्न सकिन्छ –

अमलालाइ कुटेर कपालमा लगाउनुभयाे भने ९०% कपाल टुक्रनबाट राेक्छ । कपाल बाक्लाे, कालाे र चम्किलाे बनाउँछ ।
अमलाकाे जुसमा थाेरै मह मिसाएर पिउँदा अाखाँकाे ज्याेती बढाउन सहयाेग मिल्छ । यसकाे नियमित सेवनले रतन्धाे हुनबाट पनि बचाउँछ ।
अमलामा क्याल्सियम, प्राेटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पाेषक तत्वहरू हुन्छ यसले शरिरकाे राेग प्रतिराेधात्मक क्षमता पनि बढाउँछ ।

नियमित रूपमा अमला खाँदा यसले शरीरकाे सेल बढाउँछ र स्र्फूत राख्छ । यसले रक्तसन्चालन गराउनुका साथै मुटु सम्बन्धि राेग लाग्नबाट पनि बचाउँछ । डाइबेटिजका बिरामीका लागि पनि अमला निकै नै फाइदापूर्ण हुन्छ ।यसले मेटाबाेलिजम बढाउनुका साथै शरीरमा तागत दिन्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाइ मजबुद बनाउछ ।

अमलामा पानीकाे मात्रा हुनाले पिसाब सम्बन्धि समस्या पनि हटेर जान्छ ।अमलाकाे नियमित सेवनले चाउरीपना हटाउन मदत गर्छ ।
अमलाकाे सेवनले निद्रा नलाग्ने समस्या समेत हटेर जान्छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]