Nepa Top
century-bank

मेसी, सर्जियो र गोन्जालो विना नै अर्जेन्टिनाको सानदार जित, अर्को खेलमा ब्राजिलसँग भिड्ने

काठमाडौं । आफ्ना मुख्य खेलाडी विना नै मैदानमा उत्रिएको अर्जेन्टिनाले इराकमाथि सानदार जित निकालेको छ । गए राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई उसकै घरेलु मैदानमा ४–० अन्तरले पराजित गर्‍यो ।

आफ्ना मुख्य खेलाडी लियोनल मेसी, सर्जियो अग्युरो, गोन्जालो हेगुइन विना नै मैदानमा उत्रिएको अर्जेन्टिनाले ४ गोल लगाउँदा,  इराकले एक गोल पनि फर्काउन सकेन ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा तीन गोल लगाउन सफल भए । अर्जेन्टिनाका लागि लाउतारो मार्टिन्जले १८औं मिनेटमा गोल गर्दे आफ्नो टिमलाई अग्रता दिलाएका थिए । २१ वर्षीय मार्टिनेजको यो गोल राष्ट्रिय टिमका लागि पहिलो गोल हो ।

५३ औं मिनेटमा रोवेर्टो पेरेरा, ८२औं मिनेटमा जर्मन पेजेल्लाले गोल गर्दै ३–० को अग्रता बनाए । त्यसपछि खेलमा थपिएको समयमा फ्रान्को केभ्रीले अर्को गोल थप्दै अर्जेन्टिनालाई ४–० को जित दिलाए ।

अर्जेन्टिनाको मुख्य खेलाडीहरूलाई विश्राम दिइएको थियो । अब ४ दिन छि ब्राजिल र अर्जेन्टिनाको खेल हुनेछ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected].tv