Nepa Top
century-bank

ट्रयाक्टरबाट खसेर महिलाको मृत्यु

भोजपुर। ट्रयाक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार बार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को२त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।ट्रयाक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]