Nepa Top
century-bank

पीडित भनिएकी कल्पना दर्जीको वास्तविक्ता बाहिर आयो !

काठमाडौं, २५ असोज । सामाजिक सञ्जालको व्यापकतासँगै यसको दुरुपयोग पनि बढ्दो छ । पछिल्लो समयमा विदेशमा समस्यामा पर्ने वित्तिकै फेसबुक मार्फत भिडियो लाइभ गर्ने र भाइरल गराउने परम्परा नै बनेको छ । धेरै जसो वास्तविक पीडित हुने भएपनि केहि व्यक्तिहरुले भने सामाजिक सञ्जाल र सञ्चार माध्यमा छाउने बाटो मात्रै बनाएका हुन्छन् ।

केहि महिना पहिले सिरियामा दुख पाएको भन्दै हाम्रो नाममा भिडियो रेर्कड गरेर भाइरल भएकी धनकुटा महालक्ष्मी नगरपालिका ९ की कल्पना दर्जीको भिडियो प्रशारण मात्रै गरेनौँ उनको परिवारको खोजी गरि उनका बाबुसँग पनि कुरा गराैं ।

तर कल्पना दर्जीको वास्तविकता पनि फरक रहेछ । यो भिडियो भाइरल भएपछि उनी कार्यरत घरका मालिकसँगै बसेर आँफु राम्रो अवस्थामा रहेको भन्दै अर्को भिडियो पठाइन् ।

यसरी कल्पना दर्जीले पनि भाइरल हुनैका लागि भिडियो रेर्कड गरेको देखिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]