Nepa Top
century-bank

आफ्नो छोरा हराएको भन्दै रुदै लाईभ आएकी शोभाको वास्तविकता यस्तो !

काठमाडौं, २५ असोज । गएको कार्यक्रममा विद्यालयबाट आफ्नो छोरा हराएको भन्दै शोभा खड्का नाम गरेकी महिला रुदै लाईभ कार्यक्रममा आएकी थिइन् ।

उनले रुदै आफ्नो रुदै लाईभ कार्यक्रममा आएकी लगेको भनेपछि हामीले यस विषय थप फलोअप गरेका छाैं । उनले छोराछोरीले अध्ययन गर्ने इनभेटिभ स्कुलबाट बेपत्ता भएको भने पनि उनिहरु आफ्नै हजुरबा हजुर आमासँग नुवाकोटमा रहेको पाइएको छ ।

विद्यालयमा दशै बिदा शुरु भएपछि बालबालिकाका बाबु सुरेन तामाङले परिवारका अन्य सदस्यसँग पठाइदिन भनेपछि बिद्यालयले उनका काका नेमा तामाङलाई जिम्मा लगाएको थियो ।

तर पारिवारिक विवाद भएकै कारण शोभा खड्काले भने छोराछोरी आँफुलाई जिम्मा नलगाई अरुलाई जिम्मा लगाएको भन्दै बिद्यालय, प्रहरी अनि हाम्रो कार्यक्रममा समेत गुनासो गरेपछि बुधबार विद्यालयले छोराछोरी र आमालाई तीनकुने प्रहरीमा उपस्थीत गराएको थियो ।

छोराछोरीले भने काकासँगै नुवाकोट जाने मन गरेपछि हजुरबा हजुरआमाकै घरमा फर्किएका छन् । श्रीमान श्रिमतीबीच राम्रो सम्बन्ध नभएपछि बच्चाहरुको हेरचाह वुवालेनै गरिरहेका छन् ।

छोरा छोरी पनि आमासँंग भन्दा हजुरबा हजुर आमाँंगै बस्न रुचाउँछन् । यसरी शोभा खड्काले विद्यालयले बेपत्ता बनाएको भनि लगाएको आरोप गलत सावित भएको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]