Nepa Top
century-bank

शिक्षिकाको कुटाईबाट विद्यार्थी घाईते

  • शम्सेरविक्रम जिसी

प्युठान,असोज २५ । प्युठानमा शिक्षिकाको कुटाईबाट विद्यार्थी घाईते भएका छन् । भ्यालि ईगिंलस वोडिङ्ग वाग्दुलाका कक्षा १ मा अध्ययनरत सुवास घर्तिलाई शिक्षिका प्रेरण केसीले कुटपिट गरि घाईते बनाएको परिवारश्रोतले बताएको छ ।

शिक्षिकाको कुटाईबाट घाईते भएका डार्मि प्युठानका सुवास घर्तिको घाटिमा समस्या देखिएको छ । उनको उपचारका लागी बुटवल लैजाने तयारि भईरहेको छ । परीक्षा दिईरहेका घर्ती पछाडि फर्किएको र पछि शिक्षिकाले किन पछाडि फर्किएको भन्दै कुटेको बताईएको छ । नौवहनी गाउपालीका डार्मी घर भई हाल बाग्दुलामा बस्दै आएका घर्ती परिवार विद्यालयमा विद्यार्थीमाथी भएको दुब्र्यवहारले विद्यायलमा विद्यार्थीहरु सुरक्षित नभएको बताउछन् ।

घर्तीलाई कुटपिट गर्ने शिक्षिका आजनै भारतको दिल्लीतर्फ लागेको विद्यालयका प्रिन्सीपल गिर वहादुर भण्डारिले जानकारि दिए । उनले घर्तीको अवस्था सामान्य रहेको पनि बताएका छन् । विद्यार्थीलाई कुटपिट गरेको भन्दै घर्तिपरिवार शिक्षिकालाई भेटन स्कुलमा पुगेपनि उनलाई विद्यालयले भगाएको परिवार पक्षको भनाई छ । शिक्षिका प्यूठान नगरपालीका ८ कि हुन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]