Nepa Top
century-bank

अधिक मूल्यमा सामान विक्रि गरेपछि पिनट्स स्टोरमा शिलबन्दी

काठमाडौं, २५ असोज । चाडपर्वका बेला हरेक वस्तुको भाउ छोइनसक्नु छ । व्यापारीले आफुखुसी मूल्य लिएर उपभोक्ताको ढाड सेकिरहेका छन् । तर, सरकारले औचित्यपूर्ण रुपमा बजारमा हस्तक्षेप गर्न सकेको छैन । अन्तर्राष्ट्रिय ब्राण्डको ‘पिनट्स स्टोर’ले गरेको ठगीबाटै स्पष्ट हुन्छ उपभोक्तालाई कतिसम्म निरिह बनाइएको छ भन्ने तथ्य ।

यो काठमाडौंको भूगोलपार्कमा रहेको पिनट्स स्टोर । बच्चाको कपडा र खेलौनाका लागि राम्रो ब्राण्ड मानिन्छ पिनट्स । बुधवार साँझ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले यहाँ अनुगमन यसले उपभोक्तालाई चरम ठगिरहेको तथ्य फेला प¥यो । र, अनुगमन टोलीले शिलबन्दी ग¥यो ।

कानूनअनुसार बीस प्रतिशतभन्दा बढी नाफा लिएर सामान विक्रि गर्न पाइँदैन । तर, यो पिनट्सले तीनसय प्रतिशतसम्म मूल्य बढाएर उपभोक्ता ठगिरहेको रहेछ । शिलबन्दी गरिएको पिनट्सविरुद्ध सरकारले कालोबजारी ऐन २०३२ अनुसार ठगी मुद्दा चलाउने छ ।

पिनट्स स्टोरमा स्याम्पलिङ हेर्दा ‘बेवी वाकर’को खरिद मूल्य पाँचसय सत्र रुपैयाँ भेटियो । जबकी उसले १ हजार ९ सय ५० रुपैयाँमा ‘बेवी वाकर’ विक्रि गरिरहेको थियो । ५ सय १४ रुपैयाँ खरिद मूल्य रहेको ‘बेवी स्कुटर’ १ हजार ७ सय ४० रुपैयाँमा विक्रि गरिन्थ्यो । ‘ब्राण्ड’का नाममा पिनट्सले गरिरहेको यो धन्दा कानून विपरित हो ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]