Nepa Top
century-bank

मनोरञ्जनको क्षेत्र फराकिलो भएसँगै चंगा उडाउने चलन हराउँदै

काठमाडौं, २५ असोज । दसैं आगमनको संकेत हो–चंगाको उडान । तर, केही बर्ष अघिसम्म दसैंका बेला आकाशमा बग्रेल्ती देखिने चंगा अचेल निकै कम भएको छ । काठमाडौं उपत्यकामा मात्र नभई देशैभर चंगाको उडान दुर्लभ बन्दै गएको छ ।

लोककथा र किंवदन्ती अनुसार, मौसमले शरद ऋतुको स्वागत गर्दै धान पाक्ने बेलामा जलदेवता इन्द्रलाई पानी पुग्यो भनेर संकेत गर्न चंगा उडाइन्छ । यस्तै, चंगालाई पृथ्वी र स्वर्गको सम्पर्क सुत्रका रुपमा पनि लिइन्छ । केही बर्ष अघिसम्म दशैंको उत्साहमा चंगाले रौनक थप्थ्यो । तर, उडाउन रहर गर्ने तन्नेरी पुस्ता मनोरञ्जनका अन्य साधनमा भुलेपछि चंगाको प्रचलन निकै घटेको छ । परम्परासँग जोडिएका कारण कतै–कतै मात्र चंगा उडाएको भेटिन्छ अचेल ।

देशअनुसार प्रकार र शैली फरक भएपनि नेपाली चंगा मौलिक छन् । नेपाली चंगाको बनोट प्रक्रियामा पनि फरक पाइन्छ । नेपालमा चतुर्भुज आकारका चंगा बढी चलन–चल्तीमा छन् । आधुनिकतासँगै उडाउने चलन कम भएपछि चंगाको व्यापार पनि ठप्प छ ।

पर्यटनसँग सम्बन्धित संघ–संस्था वा निजी कम्पनीले भने आकर्षण बचाइराख्न दसैंका बेला चंगा चेट प्रतियोगिता गर्दै आएका छन् । तरपनि आकर्षण बढेको छैन । चंगा र दशैंबीचको सम्बन्ध अनन्योन्याश्रित भएपनि उडाउने जोश र शौख हराउँदा मञ्जाको धागोले चुडिएको चंगाझै बन्दै गएको छ युवा पुस्ताका मन पनि ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]