Nepa Top
century-bank

बझाङका बादी समूदायलाई दशैंका बेला पनि छाक टार्न धौधौ

  • रिदम सिंह,

बझाङ, २५ असोज । नेपालीको महान चाड दशंै नजिकिदै गर्दा देश भरी जस्तै बझाङ जिल्लामा पनि रौनक सुरु भएको छ । कामका लागि जन्मथलो छाडेका घर फर्केका छन् । सहर भन्दा पनि ग्रामीण बस्तिमा रौनक देखिन थालेको छ । तर, बझाङका बादी समुदायलाई भने दशैको कुनै खुसी र उमंग देखिदैन ।

बझाङको सदरमुकाम चैनपुर र थलारा गाउपालिकाको खोलीमा ३७ परिबार बादी समुदायको बसोबास छ । सहरबजारबाट आएका आफन्तको लस्कर देखिन थालेको बेला बादी समुदायमा भने विहान के खाउ बेलुका के खाउँ भन्ने प्रश्नले भतभति पोलेको छ ।

बर्खाको समयमा पानीमा ओत लाग्न सम्भब नहुने र गर्मीमा शितलताको अनुभब गर्न सक्ने घर समेत नहुँदा सबैलाई लागेको दशैं बादी समूदायमा भने देखिदैन । छर छिमेकका छोरा–छोरीले नयाँ कपडा लगाएर फरुक्क पर्दा बादी समूदायका बालबालिका एक सरो फेर्न पनि सकिरहेका छैननन् ।

दशै सबैले आफ्ने गच्छे अनुसार मनाउन सक्नुपर्छ । एक छाक भए पनि मिठो मसिनो खान पाउनुपर्छ तर बादी समूदायले दर्शैंको सुखानुभूति गर्न पाएका छैनन् । मागेरै जीविकोपार्जन गरिरहेका उनीहरु केन्द्र र प्रदेश सरकारले केही गरिदिए हुन्थ्यो भन्ने आशमा देखिन्छन् ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : n[email protected]