Nepa Top
century-bank

बैंकर्स संघको ब्याजदर घटाउने अनौपचारीक निर्णय

काठमाडौं, २५ असोज । पछिल्लो समय बैंकमा व्याजदर उच्च हुँदै गएछि बैंकर्स संघले मुद्दति निक्षेपमा दिने व्याजदर घटाउन अनौपचारीक सहमति गरेको छ । नाफा बढाउन आक्रामक लगानी गरेका बैंकहरुले व्याजदर घटाउनेमा भने अझै आशंका छ ।

बिहिबार बैंकर्स संघका सबै सदस्यहरुबीच भएको फलफलपछि मुद्दति निक्षेपमा ब्याजदर घटाउने भद्र सहमति भएको हो । केही बैंकहरुले पूर्व सहमति उल्लघंन गर्दै व्याजदरमा बृद्धि गरीरहेकाले वित्तीय बजारमा फेरी लगानीयोग्य रकमको अवस्था सिर्जना हुने सम्भावना बढदै गएको छ । तर बैंकहरुले अनौपचारिक रुपमा निर्णय गरेकाले व्याजदर घटनेमा भने अझै शंका छ ।

बजारबाट निक्षेप कम आउँदै गएकाले केही संघ संस्थाको निक्षेप आअर्षित गर्न बैंकहरुले व्याजदर बढाउन थालका हुन् । अहिले बैंकहरुले संस्थागत निक्षेपकर्तालाई साढे १० र ब्यक्तिगतलाई ११ प्रतिशत ब्याज दिँदै आएका छन्। संघमा भएको सहमति अनुसार, शुक्रबार बाटै बैंकहरुले मुद्दतिमा ९ प्रतिशत र ब्यक्तिगतमा १० प्रतिशत ब्याज दिने सूचना प्रकाशित गर्ने भएका छन्।

बैंकहरुले व्याजदरकोसिमा तोके पनि कार्यान्वयनमा आउनेसम्भावना भने न्यून छ । बैंकहरुले बचतको व्याजदरमा पनि सात प्रतिशत भन्दा माथि नजानेगरी सहमति गरेका छन् ।

केही बैंकले निक्षेपमा ११ प्रतिशत भन्दा बढी व्याज दिएपछि बैंकरबीच सहमति तोडिएको भन्दै खैलाबैला भएको थियो । बैंकहरुले नाफा बढाउन आक्रामक लगानी गरेकाले व्याजदर बढाउँदै गएका हुन् । बुधबार अर्थ मन्त्रालयले उत्पादन मुुलक क्षेत्रमा लगानी बढाउन बैंकरहरुलाई आग्रह गरेको थियो ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]