Nepa Top
century-bank

यौन पिपासुहरु जस्लाई पारिवारिक साइनोले पनि छेक्दैन, आफ्नै बहिनीलाई गर्भ बोकाउने दाई पक्राउ

  • रिया भण्डारी,

काठमाडौं, २५ असोज । यौन पिपासुहरुले के रगतको साइनो पनि मान्दैनन ? समाज नराम्ररी विछृंखलित बन्दै जाँदा राजधानी काठमाडौंमा नै एउटा पाशविक घटना सार्वजनिक भएको छ । लेख्न पनि हात धर्मराउने , पढ्न पनि आँशु चुहाउनु पर्ने घटनाले समाज र परिवारको साइनो कसरी चुँडिदैछ भने कहालीलाई उजागर गरेको छ ।

एकपछि अर्को बलात्कारका घटना घटिरहेको बखत पुनः काठमाडौंकै एक दर्दनाक घटना बाहिर आएको छ । बलात्कार भएको पनि त्यति बेला थाहा भयो, जतिबेला किशोरी प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगिन् र उनले मृत शिशुलाइ जन्माइन् । दाइ नाता पर्नेबाट १२ वर्षको उमेरदेखि नै बलात्कृत हुँदै आएको वास्तविकता किशोरीले प्रहरी समक्ष समाज चकित बनेको छ ।

बुधवार राति ११ बजेतिर पेटमा असह्य पीडा भएको बताएपछि १५ बर्षीया किशोरी निशा (नाम परिवर्तन )लाई आफन्तले पिपुल्स अस्पताल लगे । चिकित्सकले जांच गर्दै गर्दा उनी पिसाब लागेको भन्दै अस्पताल गइन् शौचालयबाट फर्कँदा उनको लुगामा रगत देखेपछि ड्यूटीमा रहेका चिकित्सकले पुनः जांच गरे र उनी गर्भवती रहेको थाहा पाए । उनी गर्भवती रहेको कुरा त्यतिबेला सम्म निशा र उनका आफन्तले अस्वीकार गरे ।

आफ्नो छोरी बिहान स्कुल जाने र बेलुका ६ बजे घर आइपुग्ने भन्दै त्यस्तो गलत प्रकृतिको नभएको जिकिर परिवारजनले गरिरहे । डाक्टर र किशोरीकी आमाबीच छलफल चलिरहेकै बेला निशा एकदमै पेट दुखेका भन्दै चिच्याउन थालिन् । त्यसपछि चिकित्सक र नर्सको टिमले लुगा खोलेर हेर्दा किशोरी सुत्केरी हुनै लागिसकेकी थिइन् । यो दृश्य देखेपछि भने किशोरीकी आमा छाँगोबाट खसेझैं भइन् ।

निशाले १ दशमलब ३ केजीको मृत शिशु (छोरी) जन्माइन् । अस्पतालमा संगै आएका दाइले गाउँ जाँदा कक्षा ६ मा पढ्दादेखि नै (१२ वर्ष) देखि नै बलात्कार गर्दै आएको बताइन । आमाबुबा नभएको बेलामा दाई आएर कोठामै बलात्कार गर्ने गरेको पीडा पनि उनले ओकलिन । शिशु किन मृत जन्मियो भन्ने विषयमा चिकित्सकले कि त आमाको उमेर नपुग्दा वा कुनै औषधि खुवाइएको कारण मृत्यु भएको हुनसक्ने जानकारी दिएका छन् ।

किशोरीले आफु दाइ नाता पर्नेबाटै बलात्कृतभएको चिकित्सकलाई बताएपछि चिकित्सकहरुले सोह्रखुट्टे प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गौतमकुमार केसीले अभियुक्त पक्राउ परिसकेको र अन्य अनुसन्धान जारी रहेको जानकरी दिनु भयो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]