Nepa Top
century-bank

९०० चालकको निःशुल्क आँखा जाँच

  • राजु पौडेल,

झापा, २५ असोज । १८ औं विश्व दृष्टि दिवसका अवसरमा बिहीबार झापामा सवारी चालकको निःशुल्क आँखा परिक्षण गरिएको छ । मेची आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा आयोजना गरेको आँखा परिक्षण शिविरमा नौ सय सवारी चालकले आँखा जाँच गरेका छन् ।

विर्तामोडस्थित टेकबहादुर गिरी वसपार्कमा भएको शिविरमा २५ जनाको शल्यक्रिया गर्नुपर्ने भएकाले मेची आँखा अस्पताल पठाइएको छ । शिविरमा आँखा जाँच गराएका १० जना चालकमा कलर भिजन नसक्ने पाइएकाले औषधि प्रदान गरिएको बताइएको छ ।

आँखा अस्पतालले शिविरमा आएर आँखा जाँच गराउनेहरुका लागि २० हजार रुपैयाँ बराबरको निःशुल्क औषधि बितरण गरेको बताइएको छ । चालकले लामो समय आँखा जाँच नगरेका कारणले दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले आखाँ जाँच कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक कालिदास रेग्मीले बताए ।

शिविरमा १० जना चिकित्सककले चालकको आँखा परिक्षण गरेका थिए ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]