Nepa Top
century-bank

मोटरसाईकल र बस एक-आपसमा ठोक्किदा दुईको मृत्यु, बस र चालक प्रहरीको फन्दामा

असोज २५, कैलाली । कैलालीको अत्तरियामा मोटरसाईकल र बस एक-आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का २८ वर्षीय हेमन्त साउद र सोही ठाउँका वर्ष २४ का विक्रम खड्काको उपचारको लागि भारततर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिए ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको अत्तरियादेखि पूर्वपट्टी शसस्त्र प्रहरीको नम्बर सात बाहिनी नजिकै टीकापुरबाट अत्तरिया तर्फ आउदै गरेको कर्णाली यातायातको से ५ ख ७२३६ नम्बरको बस र अत्तरियाबाट पूर्वतर्फ जाँदै गरेको से ५ प ७५३६ नम्बरको पल्सर मोटरसाईकल ठोक्किा घाईते भएका दुबैजनालाई ईलाका प्रहरी कार्यालय मालाखेतीको गाडीमा पदमा अस्पताल पु¥याइएको थियो ।

त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लागि बरेली रिफर गरेपनि बरेली नपुग्दै बाटोमा नै उनिहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]