Nepa Top
century-bank

अमेरिकाका युवापुस्तालाई नेपाली संस्कृति र राजनीति चिनाउने हाम्रो लक्ष्यः प्रभा देउजा (भिडियो)

काठमाडौं, २५ असोज । अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा देउजाले अमेरिकाका युवापुस्तालाई नेपाली संस्कृति र राजनीति चिनाउने लक्ष्य रहेको बताएकी छन् । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्ने क्रममा सोसाइटीले त्यहाँका युवापुस्तालाई नेपाली संस्कृति र राजनीति चिनाउने लक्ष्य रहेको बताएकी हुन् ।

अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष देउजाले आफु सो संस्थामै हुकेकी बताउँदै भनिन्, ‘म यो संस्थामै हुर्केकी हुँ । लामो समय देखि यो संस्थामा आबद्ध छु । त्यसैले यो संस्थाको नेपाली युवाहरुलाई कल्चर सम्बन्धी शिक्षा दिनुपर्छ भन्ने उदेश्य लिएको छ ।’

नेपालबाट पढाईका लागि अमेरिका पुगेका ९० प्रतिशत युवाहरु सो संस्थामा आबद्ध रहेका जानकारी पनि अध्यक्ष देउजाले गराएकी छन् । साथै यो संस्थाको अमेरिकाको सबै खण्डमा आफ्नो नेटवर्क विस्तार गरिसकेको कुरा पनि अध्यक्ष देउजाले बताइन् । विशेषत् यो संस्थाले त्यहाँका बाल बच्चाहरुलाई नेपाली कल्चर र राजनीतिमा समावेश गर्ने गराउने उदेश्य रहेको अध्यक्ष देउजाको भनाई छ ।

बाँकी भिडियोमा हेर्नुहोस्ः





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]