Nepa Top
century-bank

सुरक्षाको प्रत्याभूति नभएसम्म आर्थिक विकास र समृद्धि असम्भवःमुख्यमन्त्री राई

  • तारा आचार्य

विराटनगर, २५ असोज । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले शान्ति सुरक्षा र सुशासनको अनुभूति दिने गरी प्रहरीहरुले बदलिदो परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताएको छ ।

६३ औं प्रहरी दिवसको उपलक्ष्यमा एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री राईले समाजलाई भयरहित र सुरक्षित बनाउने कार्यमा जुट्न प्रहरीलाई निर्देशन दिए  । उनले प्रहरीका संगठनहरु संघीय ढाँचा अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताउदै शान्ति र सुरक्षाको अनुभूति नभए सम्म आर्थिक विकास र समृद्धि असम्भव रहेको धारणा व्यक्त गरेका छन्  ।

मुख्यमन्त्री राईले कार्यक्षेत्रमा खटिदा वीरगति प्राप्त गरेका प्रहरीहरु प्रति पुष्पाहार अर्पण गरी श्रद्धान्जलि अर्पण गर्नुभएको थियो । अमर प्रहरी स्मारकमा सम्बन्धित परिवारजन र उपस्थित सहभागिहरुले समेत श्रद्धान्जलि अर्पण गरेका थिए । सो कार्यक्रममा मुख्यमन्त्री राईले दुई जना प्रहरी अधिकृतहरुलाई ९० हजार रुपैयाँ राशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कार वितरण गरेका छन्  ।

सो अवसरमा प्रहरी संगठनलाई बलियो बनाउन सहयोग गर्ने दाताहरु, अपराध अनुसन्धानमा सफलता प्राप्त गर्ने प्रहरी अधिकृतहरु लगायतका विभिन्न महानुभावहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]