Nepa Top
century-bank

शहीद स्मारक ए डिभिजन लिग : थ्रीस्टार र नेपाल पुलिस क्लव विजयी

काठमाडौं , २५ असोज । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार र नेपाल पुलिस क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा नेपाल पुलिस क्लव १/०ले विजयी हुँदा थ्रिस्टार क्लव २/१ले विजयी भएको हो ।

डिफेन्डर अजित भण्डारीको पहिलो हाफको गोल निर्णायक बन्दा पुलिसले जावलाखेल युथ क्लबलाई १/० ले हराउँदै तीन अंक जित्न सफल भयो । तेज तामाङको पासको सदुपयोग गर्दै अजितले गोल गरेका थिए । जितसँगै पुलिसले लिगमा पहिलो तीन अंक जोडेको छ ।

यस्तै आज बिहान भएको पहिलो खेलमा फ्रेण्ड्स क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रिस्टार विजयी भएको हो । ललितपुर डर्बीको रुपमा हेरिएको यस खेलमा थ्रीस्टारले पहिलो हाफको १६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो ।

थ्रीस्टारका लागि रन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको थ्रीस्टारले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । १० मिनेट समय थपिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमा फ्रेन्डसले एक गोल फर्काएको थियो । फ्रेन्डसका लागि बिकास लामाले गोल गर्दै थ्रीस्टारका अग्रतालाई २–१ मा ल्याएका थिए ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]