Nepa Top
century-bank

पाकिस्तानी मिथी, मुस्लिम–हिन्दु सहिष्णुताको सुखद स्थल

मिथी, पाकिस्तान, २५ असोज । पाकिस्तानी सहर मिथीमा छिमेकी मुलुक भारतमा झैं गाईवस्तु निस्फिक्री यताउता घुमिरहेका पाइन्छन् । हिन्दुहरुले पवित्र जनावरका रुपमा लिने हिन्दुहरुले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि धार्मिक सहिष्णुतालाई आत्मसात गरेका छन् । सामान्यतया, पाकिस्तानमा अल्पसंख्यक समुदायहरुले ठूलै विभेदको सामना गर्नु पर्दछ ।

यहाँ, “मुस्लिमले हिन्दूहरुका धार्मिक आस्थालाई सम्मान गरिरहेका छन्,” ७२ वर्षीय शाम दासले भने। “उनीहरुले गौहत्या गर्दैनन्, र टाढा गाई काटिँदो होला तर यहाँको हिन्दू बसोबास क्षेत्रमा त्यस्तो हुँदैन ।”

पाकिस्तानका बाँकी ठाउँजस्तो मिथीमा गाईवस्तु काटिन्न । ती गाईवस्तु यतिकै चरिरहेका हुन्छन्, कहिलेकाहिँ फोहोर पनि खाइरहेको देखिन्छ, र साँझ परेपछि सडक किनारामा त्यतिकै सुतेका भेटिन्छन् ।

कहिलेकाहिँ टुकटुक र मोटरसाइकल यिनै गाईवस्तुका बथानलाई नागबेली बनाउँदै छिचोलेर लैजानु पर्दछ । कहिले त ट्राफिक नै जाम गरिदिन्छन् ।

मिथीमा करिब ६० हजार हिन्दु छन्, र यो आफैंमा अनौठो हो किनभने पाकिस्तानमा करिब ९५ प्रतिशत मुस्लिम समुदाय छन् ।

हिन्दुहरु श्रीकृष्ण मन्दिरमा प्रवेश गर्दा हिन्दुले घण्ट बजाउँछन् । यो आवाज नजिकै बसोबास रहेको मुस्लिम समुदायको अजानसँगै मिसिन्छ । हिन्दु युवाहरु आफ्ना घरबाहिर बेफिक्री गफिएर बसेका हुन्छन्, र उनीहरुका लागि कुनै सुरक्षाको आवश्यकता नै छैन ।

कराँचीमा यही अवस्था देख्न पाइन्न, यहाँको परिस्थिति निकै भिन्न छ । करिब ३०० किलोमिटर टाढाको कराँचीमा हिन्दुहरुको सुरक्षाका लागि सशस्त्र बलको व्यवस्था गरिएको छ ।

कराँचीमा पूजारी काम गर्ने हिन्दु विजय कुमार गिरले सहरका ३६० वटा मन्दिरमध्ये केबल एक दर्जनमात्रमा पूजापाठ हुने गरेको बताए। “बाँकी मन्दिर या त बन्द छन् वा उनीहरुको जमिन हडपिएको छ ।”

पाकिस्तानमा बसोबास गर्ने हिन्दुहरुले ज्यादै बढी सामाजिक कलङ्क व्यहोर्नु परेको विवरण प्राप्त भइरहेका छन् । धर्मकै कारण पाकिस्तानी हिन्दुहरुलाई भारत–समर्थकको आरोप लाग्ने गरेको छ, पाकिस्तान मानवअधिकार आयोग (एचआरसीपी) मार्वी सिरमेदले बताए ।

“त्यसैले, उनीहरुलाई जहिल्यै पाकिस्तान विरोधीको आशंकाका रुपमा हेर्ने गरिन्छ,” उनले भने । भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका कारण पनि यस्तो आरोप लाग्ने गरेको हो । यी दुई मुलुकबीच सन् १९४७ यता नै तीन पटक युद्ध भइसकेको छ ।

एचआरसीपीले पाकिस्तानी हिन्दुहरुले आफ्नो मुलुकमा असुरक्षित महसुस गरिरहेको बताएको छ । एचआरसीपीको वार्षिक प्रतिवेदनमा भनिएको छ– यदि विभेदजन्य कार्यहरु तत्काल नरोकिए हिन्दुहरुको भारततर्फ आप्रवासन व्यापक रुपमा हुन सक्ने खतरा छ ।

एचआरसीपीका अनुसार धार्मिक नेताहरुको भनाइमा हिन्दु महिला र केटीहरुको जबर्जस्ती धर्म परिवर्तन नै अहिलेको सबैभन्दा ठूलो समस्या हो । हिन्दु महिलाहरुको विवाह हुनुअघि नै अपहरण गरिन्छ, र जबर्जस्ती मुस्लिमसँग बिबाह वा धर्म परिवर्तन गर्न लगाइन्छ ।

तर यस्ता कुनै हर्कत मिथीमा देख्न पाइन्न । यहाँका मुस्लिम र हिन्दुहरुको भनाइमा दुवै समुदाय सहअस्तित्वका आधारमा बसिरहेका छन् । स्थानीयबासीका अनुसार धार्मिक बिदाका दिनहरुमा एक समुदायले अर्को समुदायका मानिसलाई मिठाई र उपहार दिने यहाँ प्रचलन छ ।

“मैले जानेसम्म यहाँका हिन्दु–मुसलमान समुदाय भ्रातृत्व, प्रेम र सामन्जस्यका आधारमा मिलेर बसिरहेका छन्,” ३५ वर्षीय व्यापारी सुनिल कुमारले बताए। “यो हामीबीच पुस्तौंदेखि चलिरहेको छ, र यो अबका दिनमा पनि हुनु पर्दछ ।”

मिथीको शान्तिपूर्ण सहअस्तित्वको एउटा कारण सहरको भौगोलिक बनावट पनि हो । यहाँको एउटा सीमा भारतको राजस्थान हो ।

स्थानीय अनुसन्धाताहरुको भनाइमा यो सहर १६औं शताब्दीमा शान्तिप्रेमी हिन्दुहरुले निर्माण गरेका थिए । त्यसबखत सबैतिर युद्ध र लुटपाट चलिरहेको थियो । यहाँको माटो मलिलो थियो, तर पानीको अभाव थियो । “अहिंसा हाम्रो अर्को जन्मजात गुण हो,” स्थानीयको भनाइ छ ।

तर पाकिस्तानमा धार्मिक कट्टरवाद र घृणा फैलाउने अभिव्यक्ति बढेको छ, तथा धर्मको नाममा आस्था–आधारित हिंसा रोक्नेतर्फ खासै काम भएको छैन, एचआरसीपीले भनेको छ । यही कारण मिथीको सहिष्णु समाज भत्किने खतरा एचआरसीपीले औंल्याएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]