Nepa Top
century-bank

सेनामाथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य हुँदैन  : प्रधानसेनापति थापा

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामाथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने प्रष्ट पारेका छन् । प्रधानसेनापति भएपछि आज पहिलो पटक पत्रकार सम्मेलन गर्दै थापाले लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै त्यो स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।

संविधान बमोजिम सरकारले दिएका निर्देशन पालना गर्न सेना सदैव तयार रहेको बताएका प्रधानसेनापति थापाले सानो र चुस्त बनाउने नाममा नेपाली सेनाको संरचना परिवर्तन गर्न नहुनेमा पनि जोड दिए । विखण्डनकारी गतिविधि निस्तेज पार्ने अधिकार सरकारले नदिए पनि सेना त्यस्ता गतिविधिबारे पूर्णरुपमा सजग र जानकार रहेको थापाको भनाइ थियो ।

पछिल्लो समय सेनाभित्र भ्रष्टाचार मौलिएको विषयबारे राखिएको जिज्ञासामा प्रधानसेनापति थापाले केही पक्षमा सुधार आवश्यक रहेको तर, सेनाको एक्लो प्रयासले मात्रै त्यो सम्भव नरहेको पनि प्रष्ट पारे ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]