Nepa Top
century-bank

‘न यता न उता’ को ‘चोलीको तुना’ मा ऋचा र छुल्ठिमको ठुम्का (भिडियोसहित)

काठमाडौं, २५ असोज । फिल्म ‘न यता न उता’ को नयाँ गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘चोलीको तुना’ गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा मिलन जलन तथा राजन इशानको संगीत, राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र रमिना सिङको आवाज रहेको छ । गीतको शब्द एकनारायण भण्डारीको रहरेको छ ।

‘चोलीको तुना’को यस भिडियोमा अभिनेत्री ऋचा शर्मा, छुल्ठिम गुरुङले ठुम्का लगाएका छन् । भिडियोमा ऋचा र छुल्ठिमलाई समिरमणी दिक्षित र मिराज रोशनले साथ दिएका छन् ।

यो फिल्मलाई मिराज र विसारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा ऋचा र छुल्ठिमको साथमा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, नमिता घिसिङ, लुनिभा तुलाधर, राजन खतिवडा, राजन मुकारुङ, जयनन्द लामाको मुख्य भुमिका रहेको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]