Nepa Top
century-bank

प्रियङ्का र आयुष्मानको ‘प्रेम दिवस’ झापाबाट सुरु हुने

काठमाडाैं । चाँडै नै बिहे गर्ने तयारीमा रहेका रियल लाइफ जोडी आयुष्मान देशराज र प्रियङ्का कार्कीको नयाँ चलचित्र ‘प्रेम दिवस’को शुभमुर्हत गरिएको छ । बुधवार काठमाडौँको मैतीदेवी मन्दिरमा चलचित्रको स्कृप्ट र क्ल्यापको पूजा गर्दै शुभमुर्हत गरिएको थियो । योगेश घिमिरेको निर्देशन रहने चलचित्रलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् ।

चलचित्रमा कथा प्रदीप भारद्धाजको रहेको छ । यो चलचित्रमा प्रियङ्का र आयुष्मानसँगै नायक विशाल खरेल डेव्यु गर्दै छन् । म्युजिकल लभस्टोरीमा बन्न लागेको चलचित्रको छायाङ्कन भने कार्तिक ८ गते झापाबाट सुरु हुनेछ । चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको सङ्गीत, हरि लामाको छायाङ्कन रहनेछ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]