Nepa Top
century-bank

रेखा थापा र लय संग्रौलालाई हरितारा चलचित्र पुरस्कार

काठमाडौं ।अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा चलचित्र निर्माता,निर्देशक रेखाथापा यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ बाट सम्मानित हुने भएका छन् ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक श्री मनोज शमसेर जवराको अध्यक्षतामा बसेको वैठकले बुधबार सो निर्णय गरेको हो ।

३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रकालागि संरक्षण,सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याएवापत लय संग्रौला यो पुरस्कार प्रदान गर्न लागिएको हो ।

यस्तै दुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याएवापत रेखा थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ अर्पण गर्ने निर्णय गरिएको सो पुरस्कार गुठीले जनाएको छ । हरितारा चलचित्र पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]