Nepa Top
century-bank

जनमतको कदर गर्ने हो भने वामदेवका लागि संसद प्रवेशको बाटो बन्द छ !

काठमाडाैँ । जनमतको कदर गर्ने हो भने नेकपाका नेता वामदेव गौतमका लागि वर्तमान संसद प्रवेशको बाटो नैतिकरुपमा बन्द छ, अर्को संसदीय निर्वाचनमा जितेर नआउँदासम्मका लागि ।

होइन– जनमत गौण, इमान गौण र राजनीतिक स्वार्थ मात्रै निर्णायक हुने हो भने त बामदेव हारको आलो घाउ बिर्सिएर फेरि मत माग्न जान सक्छन् ।

तर, सामान्य राजनीतिक व्यवहार पनि नदेखाएका गौतमलाई मतदाताले फेरि हराए भने के हुन्छ ? याे पनि गम्भीर प्रश्न हाे । हुनतः नेकपाका अध्यक्ष पुष्पकमल दाहालले हार्ने गरी चुनावै नगर्ने बताएर गौतमलाई ढाडस दिइसकेका छन् ।

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ठाउँ हुँदा–हुँदै रामवीर मानन्धरलाई पद त्यागका लागि बाध्य पार्ने प्रयासले नेकपाकै आन्तरिक समीकरणमा पनि घात गर्न सक्छ ।

जसको संकेत भीम रावलले गरिसकेका छन् । उता, पाँच वर्षका लागि चुनेको प्रतिनिधि बीचमै भाग्न खोज्दा काठमाडौं–७ का मतदातामा पनि स्वभाविक आक्रोश छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]