Nepa Top
century-bank

नेपालमा ५५ लाख मानिस मानसिक स्वास्थ्य समस्याबाट प्रभावित

काठमाडौं, २४ असोज । नेपालमा ५० देखि ५५ लाख मानिस मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । यो समस्या अझै बढ्दै गएको तथ्यांकले देखाएको छ ।

आज बदलिंदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य नारा सहित विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । नेपालमा पछिल्लो तथ्यांकले ५० देखि ५५ लाख मानिसमा कुनै न कुनै मानसिक समस्या रहेको देखाएको छ । नेपाल प्रहरीको आर्थिक वर्ष २०७३÷०७४ मा सार्वजनिक गरेको तथ्यांक अनुसार ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या पनि मानसिक स्वास्थ्यकै कारण हुने गर्छ ।

परिवार स्वास्थ्य महाशाखाले १५ देखि ४९ वर्ष उमेर समूहमा रहेका महिलाहरुको मुत्यको पहिलो कारण आत्महत्या भएको तथ्य सार्वजनिक गरेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]