Nepa Top
century-bank

इन्भेष्टमेन्ट बैंकको मास्टरकार्डबाट सेवा सुरु

काठमाडौं, २४ असोज । दशैंको अवसरमा नेपाल इन्भेष्मेन्ट बैंकले एनआइविएल मास्टर कार्डको सुरुवात गरेको छ ।

बैंकले बुधवार एक कार्यक्रम गरी वित्तीय कारोबारमा सहजता प्रदान गर्ने उद्येस्यका साथ मास्टर डेविटकार्ड ल्याएको हो । यो कार्डबाट ग्राहकले भरपर्दो रुपमा कारोबार गर्न सक्ने छन् । ग्राहकलाई सहजहोस भनेर मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्ड सेवा सुरुवात गरेको बैंकले जनाएको छ ।

बैंकले आन्तरीक र बाह्य बजारलाई लक्षित गरी एनआइविएल मास्टरकार्ड मार्फत नेपाल र भारतमा डोमेस्टिक कार्ड र अन्य मुुलुकका लागि इन्टरनेशनल कार्ड प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले तीन महिनासम्म निःशुल्क कार्ड जारी गर्ने र मास्टर कार्डबाट कारोबार गरेवापत नगद फिर्ता गर्ने योजना समेत रहेकोे जनाएको छ ।

बैंकले अहिले सम्म २ हजार ६ सय ५७ वटा पस मेसिन जडान गरेको छ भने १ सय ५ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । ७७ वटै जिल्लाबाट बैंकिङ सुविधा दिएको बैंकले हरेक मेसिनबाट मास्टरकार्ड प्रयोग गर्न सकिने जनाएको छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]