Nepa Top
century-bank

बुद्ध एयरले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्ने

काठमाडौं, २४ असोज । बुद्ध एयरले पोखरा अन्तराष्ट्रिय विमान्स्थलबाट अन्तराष्ट्रिय उडान भर्ने योजना सहित तयारी गरेको छ ।

२२ औं वर्षमा प्रवेष गरेको अवसरमा बुद्ध एयरले काठमाडौंमा एक कार्यक्रम गरी जेट बिमान मार्फत अन्तराष्ट्रिय उडान भर्ने तयारी गरिरहेको जानकारी दिएको हो ।

विभिन्न समस्याका बाबजुतपनि आन्तरीक उडानतर्फ भरपर्दो र विश्वासिलो उडान गरिरहेको र सस्तोमा सेवा दिएको दावी गर्दै अधिकांश यात्रु नेपाली नै हुने गरेको एयरको भनाइ छ । त्यस्तै करिब एक हजारको संख्यामा प्रतक्ष रोजगारी सिर्जना गरेको र सरकारलाई समयमै कर तिर्ने कम्पनीको रुपमा स्थापित भएको कम्पनीको दावी छ ।

कम्पनीले अन्तराष्ट्रिय उडानतर्फ भने पब्लिक कम्पनी स्थापना गरी सर्वसाधारणलाई समेत शेयर दिएर बिमान संचालन गर्ने योजना बनाइको जनाएको छ ।

बुद्ध एयरले यात्रुलाई दिने सुविधाका साथै मुलुकभित्रका पर्यटकिय क्षेत्रको डिजिटल माध्यमबाट विश्वभर प्रवर्धन गरिरहेको जनाएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]