Nepa Top
century-bank

ग्राण्डीमा गडबडी : दुई ट्रक प्रहरी बोलाएर ग्राण्डीले गर्यो रमेशलाई मृत घोषणा

काठमाडाैं, २३ असाेज । गत असोज ११ गते बेलुका काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालले उपचारमा लापरबाही गर्दा बिरामीको मृत्यु भएको र रातारात सम्झौता गरी साम्य पारेको खुलासा भएको छ । धादिङका ३९ वर्षीय रमेश दनैको उपचारमा भएको गम्भीर लापरबाहीका कारण शुक्रबार राति निधन भएको आफन्तले आरोप लगाएका छन् ।

साथै मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज समेत लागिएको थियो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा औषधिको ओभरडोजका कारण मृर्गौला ड्यामेज भएको र निमोनियाका कारण निधन भएको उल्लेख छ ।


मृतकका आफन्तले राति नै अस्पताल परिसरमा आन्दोलन सुरु गरेपछि अस्पतालले शनिबार बिहान लापरवाही स्वीकार गर्दै सम्झौता गरेर उपचारमा लागेको खर्च ९ लाख ५० हजार फिर्ता गरेको छ भने मृतकको सन्तानलाई भविष्यमा रोजगारी दिने लोभ देखाएर सम्झौता पनि गरेको छ । ११ गते बेलुका काठमाडौंको रानीवनमा कार दुर्घटनामा परेका धादिङका ३९ वर्षीय रमेश दनैलाई तत्काल ग्राण्डी अस्पताल पुर्याइयो ।

उनको बाँया खुट्टाको तिघ्राको जोर्नी (हिप जोइन्ट) फुस्किएको भन्दै शल्याक्रिया गरिएको थियो । हालै ग्राण्डीका डेपुटी मेडिकल डाइरेक्टर नियुक्त भएका डाक्टर बिनोद बिजुक्छेको टोलीले असोज १२ गते शनिबार दिउँसो गरेको अपरेसन सफल भएको जानकारी गराइयो । शनिबारै बिरामीको होस आइसकेको थियो भने उनी क्रमशः सामान्य बन्दै थिए । आइतबार र सोमबार बिरामीको फिजियोथेरापी पनि गरिएको थियो ।

बिरामीको खाना र दिशा पिसाव पनि सामान्य भइरहेको थियो । तर, अचानक सोमबार बेलुकी ११ बजेदेखि समस्या देखियो । बिरामीलाई स्वासप्रस्वासमा अप्ठेरो भयो र तत्काल आईसीयूमा पठाइयो । डाक्टरहरुले मृगौला र मुटुमा समस्या आएको जवाफ दिए । दुर्घटनाको कारण भएको आन्तरिक रक्तश्रावले यस्तो भएको जानकारी गराइयो । यद्यपि दुई दिनअघि शल्याक्रिया गर्नुअघि सबै सामान्य अवस्थामा नै थियो ।

त्यसयता दिनमा तीन पटक बिरामीको अवस्थाबारे डाक्टरहरुले जानकारी दिने र बिरामीलाई टाढैबाट हेर्न सकिने बनाइयो । हरेक पटक डाक्टरको ब्रिफिङमा बिरामीको अवस्था सुधार भइरहेको र छिट्टै निको हुने आश्वासनमात्र दिइएको थियो । बिरामीका आफन्तले यहाँ नसके भारत लगेर भएपनि उपचार गर्ने प्रस्ताव पनि गरेका थिए । तर, ग्राण्डीले पठाउन नमिल्ने भन्दै रोकेको थियो । जुन रोकाईले रमेशको इहलीला समाप्त गरेर छाड्यो ।

तस्वीरः मधुसूदन ढकाल





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]