Nepa Top
century-bank

अनुगमनमा कमजोरी भएकै होः इश्वर सुवेदी (खाद्य अनुसन्धान अधिकृत)

काठमाडौं, २३ असोज । अनुगमनका क्रममा ‘कैफियत’ भेटिएपछि मंगलबार शिलबन्द गरिएको काठमाडौं नयाँ बानेश्वरको संगम स्वीट्स चार दिनपछि सरकारी निकायको निर्देशन अवज्ञा गर्दै खोलियो । सरकारी अनुगमन संयन्त्रभन्दा एउटा मिठाई पसले ‘शक्तिशाली’ भएको उदाहरण हो, संगम स्वीटको बदमासी र अनुगमनकर्ताको निरीहता ।

सञ्चालक शिल गरिएको पसल हाकाहाकी खोल्छ । सरकारी अधिकारी खोलिएको छैन होला भन्छन् । सबुद देखाउँदा अक्क न बक्क पर्छन् । यहाँ बद्मासी दुबैतर्फबाट भएन होला कसरी भन्ने ?

आइतबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुमति विना नै पसल संचालनमा गरिएकाबारे हामीले न्यूज प्रशारण गरेपछि सोमबार भने पसल बन्द थियो ।

नयाँ बानेश्वरमा झापाका संगम शर्माले सञ्चालन गरेको ‘संगम स्वीट्स एण्ड स्न्याक्स प्रालि’ले मिठाइमा हाइड्रो–१ नामको रसायन र सेतो कपडामा प्रयोग गरिने नीरको पाउडर मिसाउने गरेको प्रमाणित भयो । जनस्वास्थ्यमाथि घातक प्रहार गर्ने शर्मा झापातिरको ‘साइनो’ लगाएर उम्कने प्रयासमा रहँदा अनुगमनकर्ताको टाउको थप दुखेको छ ।

शिल गरिएको पसल कसको आडभरोसामा खुलाइयो भन्ने बताउन नचाहने विभाग संचालक शर्मालाई कानूनअनुसार कारबाही हुने दावी गर्न भने छोड्दैन । खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा कानूनअनुसार कम्तिमा ५ वर्ष कैद वा ५० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ । तर, सरकारी नियमक निकायको निरिहता र शर्माको चलखेलले उनी कानूनको फन्दामा पर्लान् भन्नेमा शंका उब्जिएको छ ।

यसै सेरोफेरोमा न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘इस्यु अफ द डे’मा खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीसँग कुराकानी गरिएको छ । कुराकानीको क्रममा अधिकृत सुवेदीले अनुगमनमा कमजोरी भएको स्वीरका गरेका छन् ।

बाँकी भिडियोमा हेुर्नुहोस्ः





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]