Nepa Top
century-bank

अन्तत: काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भए वामदेव गौतम, मानन्धरको माबोईल भने स्विचअफ

काठमाडौँ । बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतम अन्तत: काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका छन् ।

यहाँका सांसद रामवीर मानन्धरले राजिनामा दिने भएपछि चुनाव लड्न नेता गैतमलाई बाटो खुलेको हो। डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् ।

वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको जानकारी नेकपा उच्च स्रोतले दिएको खबर अन्नपुर्ण पोष्टमा छ ।

उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने नेकपाको तयारी छ ।  तर  मानन्धरले राजीनामाका लागि बैठकमै पुगेर निवेदन दिएको पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएका छैनन् । पटक पटक सम्पर्क गर्दा मानन्धरको माबोईल स्विचअफ पाइएको छ । काठमाडौं ७ बाट मानन्धर दोस्रोपटक सांसद निर्वाचित भएका हुन् ।,





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]