Nepa Top
century-bank

अमेरिका जाने चिट्ठा ‘डिभी’का लागि अावेदन खुल्याे, कतै पैसा नतिरी घरबाटै यसरी भर्नुहाेस्

काठमाडौं ।  सन् २०२० का लागि अमेरिका जाने भाग्यचिट्ठा ‘डाइभर्सिटी भिसा ‘(डिभी) को लागि आवेदन खुलेकाे छ ।

बुधबार रातिबाट खुला भएकाे अावेदन भर्न नेपालस्थित अमेरिकी राजदूतावासले सूचना जारी गरेकाे छ । दूतावासका अनुसार २०२० का लागि डिभीकाे अावेदन बुधबार राति ९ः४५ बजेबाट नै खुला भएकाे हाे । आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने जनाइएकाे छ ।

धेरैले डिभी भर्ने केन्द्र र पसलहरुमा गएर शुल्क तिरेर भर्ने गरेका छन् । तर डिभी भर्न कुनै पनि शुल्क नलाग्ने अमेरिकी दूतावासले जनाएकाे छ । यसका लागि कसरी भर्ने भन्नेबारे समेत दूतावासले गाइड गरिरहेकाे छ ।

दूतावासले आवेदनका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने र कुनै कन्सल्टेण्टको सहयोग समेत नलिन आग्रह गरेको छ । अाफैँले डिभी भर्ने सजिलाे तरीका डिभी लाेटरीकाे वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ, साथै यही वेब पेजबाट सम्पूर्ण अावेदन फारम भर्नुपर्नेछ । डिभी भर्नका लागि यहाँ क्लिक गर्नुहाेस्, त्यसपछि तलकाे चित्रमा देखाएजस्तै वेब पेज खुल्नेछ ।

त्यहाँ DV-2020 Instructions मा क्लिक गरेर गाइडिङ बुझ्न सक्नुहुन्छ, Photo Examples मा गएर कस्ताे फाेटाे स्वीकृत हुन्छ र कस्ताे अस्वीकृत हुन्छ भन्ने अाफैँ बुझ्न सक्नुहुन्छ । अाजकाल बाटैघाटै डिभी भर्नेहरुले पैसा मात्र असुल्छन् र फाेटाेलगायत अन्य कुरामा ध्यान पुर्याएका हुँदैनन् ।

सबै कुरा बुझेपछि Begin Entry लेखेकाे हरियाे बटनमा जानुहाेस्, अनि एउटा क्याप्चा अाउनेछ । साे क्याप्चा पूरा गरेपछि फारममा माग भएअनुसारकाे सबै विवरण अपलाेड गर्नुहाेस् । यसबेला विवाहितहरुले अाफ्नाे श्रीमान्/श्रीमती र अविवाहित छाेराछाेरीसहितकाे फाेटाे र विवरण अपलाेड गर्नुपर्नेछ ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्नेछ । फाेटाेमा अावश्यक नियम मिलेन भने तपार्इकाे अावेदन रद्द हुन सक्छ । अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा पनि अयोग्य ठहरिनेछ ।

फारम ‘सबमिट’ भएपछि सफल भएकाे सन्देश अाउनेछ र साेसँगै कन्फरमेशन नम्बर अाउनेछ, जसलार्इ सुरक्षित राख्नेपर्छ । पछि डिभीकाे नतिजा जाँच गर्दा साेही कन्फरमेशन नम्बर अावश्यक पर्छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]