Nepa Top
century-bank

युरोपमा रोजगारीको प्रलोेभन देखाई रकम ठग्ने पक्राउ

काठमाडौं । बैदेशिक रोजगारीमा लगाईदिने प्रलोभन पारी रकम ठग्दै हिंड्नेलाई प्रहरीले पक्राउ गरेको छ ।युरोपको ग्रीसमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी पीडितहरुबाट १२ लाख रकम लिई ठग्दै आएका वाग्लुङ, ढोरपाटन न.पा.७, बोबाङ्ग घर भएका हाल काठमाण्डौ, टोखा महादेवटार हाईट बस्ने बर्ष ३७ को विर बहादुर अदैलाई प्रहरीले पक्राउ गरेको हो ।

अदैले छल गरेर नेपालबाट टर्की पुर्याई विभिन्न ब्यक्तिहरुलाई कुनै काम पनि नदिलाई ४५ दिनसम्म राखेर अनेक तवरले शारीरिक तथा मानसिक यातना दिई राखेका थिए । पीडितहरू उक्त समूहकोे कब्जाबाट भागेर नेपालमा आई प्रहरीमा उजुरी दिएका थिए ।पक्राउ परेका अदै बिरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि जाहेरीको आधारमा पक्राउ गरी जिल्ला अदालत काठमाण्डौमा पेश गरिएको छ।हाल अदै माथि अनुसन्धान भैरहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]