Nepa Top
century-bank

जेट सम्झौतालाई लिएर भारतीय प्रधानमन्त्री मोदीको राजीनामा माग

नयाँ दिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्ससँग भएको सैन्य जेट सम्झौतालाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रतिपक्षी नेताहरुले राजीनामा माग गरेका छन्।

यस विषयमा जव फ्रान्सका पूर्वराष्ट्रपति फ्रान्सिस हलान्दले नयाँ दिल्लीले जेट सम्झौतामा स्थानीय साझेदारको विकल्पलाई प्रभावित पार्न खोजेको भन्ने भनाइ सार्बजनिक गरिदिएसँगै प्रतिपक्षीले मोदीको राजीनामा माग गरेका हुन् ।

प्रतिपक्षीले सन् २०१६ मा फ्रान्सको डासल्ट उड्डयनसँग अनुमानित आठ अर्ब डलरबराबरको राफल विमान खरिद गरिएपछि सो समयदेखि नै भारतीय राजनीतिक दलहरुले प्रधानमन्त्री मोदीमाथि प्रश्न उठाइरहेका छन्। उनीहरुले प्रधानमन्त्री मोदीले ती विमानका लागि बढी खर्च गरेको र निष्पक्ष नभएको आरोप लगाउँदै आएका छन्।

‘हलान्दले वास्तविकता खोलिदिएपछि भारतमा व्याप्त भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याल्ने प्रतिबद्धता गरेर सन् २०१४ मा भारतको शक्तिमा आएका मोदीसँग अब सरकारमा रहिरहने नैतिक आधार बाँकी छैन,’ कंग्रेसका वरिष्ठ नेता आनन्द शर्मालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । कंग्रेसबाहेक भारतका साना दल पनि मोदीविरुद्ध खनिएका छन् ।

भारतमासन् २०१९ मा आमनिर्वाचन हुँदैछ र यो विषयले भारतको राजनीतिमा नयाँ मोड लिने अनुमान गरिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]