Nepa Top
century-bank

इन्टरपोलका मोस्टवान्टेड गोविन्द टोकियोमा यसरी नाच्दै,समस्या सुन्दैन जापानस्थीत नेपाली राजदुतावास (भिडियोसहित)

काठमाडौं, ६ असोज । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज २७९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोड विशेष रहेको छ । कार्यक्रमको २७९ औं एपिसोड जापनबाटै लाइभ प्रशारण गरिएको छ ।

आजको एपिसोडमा जापनमा रहेका करिब ८० हजार नेपालीहरुसँग ‘सीधाकुरा’ टिमले गरेको अन्तरक्रियालाई प्रस्तुत गरिएको छ, भने आफुलाई डा. क्रिस त्रिपाठी भनेर चिनाउने कास्की पुरनचौरका गोविन्द तिवारीको फलोअप पनि प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. ‘सीधाकुरा’ टिम जापानमाः गोविन्द तिवारीलाई कारवाही गर्न जापान प्रहरीले सहयोग गर्ने

जापान, ६ असोज । यतिबेला ‘सीधाकुरा जनतासँग’को टिम जापानमा छ । यो अवधीमा हामीले जापानमा रहेको करिब ८० हजार नेपालीले देखेका भोगेका कुराहरुका बिषयमा विभिन्न स्थानमा अन्तरक्रिया छलफल गरिरहेका छौँ ।

यी सबै विषयमा विस्तारै प्रस्तुत गरिने छ तर मुख्य कुरा हाम्रो जापान यात्र तय भएसँगै हाम्रा धेरै दर्शकले नेपालबाट रोजगारीका लागि जापान लैजाने प्रलोभनमा करोडौँ ठगेको गोविन्दा तिवारीका बिषयमा चासो राख्नु भएको छ ।

आफुलाई डा. क्रिस त्रिपाठी भनेर चिनाउने कास्की पुरनचौरका गोविन्द तिवारी तिनै व्यक्ति हुन जसले गोरखाकी अमृता ढकाल, झापाकी सुमी राई, कास्कीकी निशा केसी लगाएत थुप्रै व्यक्तिलाई ९ लाखदेखि ४६ लाखसम्म ठगेका छन् ।

२. खाडीका भन्दा कम छैनन् जापानमा पुग्ने नेपालीका समस्या

जापान, ६ असोज । हामी जापान पुगेसँगै जतिसक्दो धेरै दर्शकहरुलाई भेट्न, उनिहरुले देखे भोगेको समस्याहरु सुन्ने र सम्बन्धीत निकायसम्म पु¥याउने हतारोमा थियाँै ।

टोकियो स्थित सभाहलमा ओयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थीत दर्शकहरुले आफ्नो जापान बसाईमा भोगेको समस्या सुन्दा लाग्थ्यो जापानमा नेपालको अवस्था खाडी मुलुकहरुमा जस्तै हुन लागेको अड्कलबाजी गर्न सकिन्छ ।

३. वीर अस्पतालको फार्मेसीमा औषधिको चरम अभाव, ग्याष्ट्रिकदेखि शल्यक्रियाकै औषधि पाइदैन

काठमाडौं, ६ असोज । वीर अस्पतालका चिकित्सकसँग जाँच गराई चिकित्सकले दिएको प्रेस्कृप्शन लिएर वीर अस्पतालको फार्मेसीमा औषधि किन्नेहरुको लाइन हो यो । तर वीर अस्पतालको फार्मेसीमा लामो समय लाइन बसेर पालो कुरेकाहरु अन्तिममा फार्मेसीमा औषधि छैन भन्ने जवाफ पाउँदा निराश थिए ।

शल्यक्रियाका लागि वार्डमा राखिएका विरामीलाइ्र्र आवश्यक पर्ने औषधि समेत फार्मेसीमा छैनन् । अरु त अरु अस्पतालमा इमर्जेन्सीका लागि आवश्यक औषधिहरु समेत छैनन् ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]