Nepa Top
century-bank

हरेक वर्ष करिब दुई हजार चिकित्सक उत्पादन हुँदा पनि दुर्गम क्षेत्रमा अभाव कायमै

काठमाडौं, ६ असोज । नेपाल मेडिकल काउन्सिलले चालु शैक्षिक सत्रका लागि दुई विश्वविद्यालय र दुई प्रतिष्ठानअन्तर्गतका मेडिकल कलेजका लागि सिट निर्धारण गरेको छ । काउन्सिलले काठमाडौं विश्वविद्यालयअन्तर्गतका १० मेडिकल कलेजका लागि ८ सय ९० र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ७ मेडिकल कलेजका लागि ७ सय ६१ सिट निर्धारण गरेको हो । चिकित्सक उत्पादन हुनेक्रम बढ्दै गए पनि दुर्गममा भने संधै चिकित्सकको अभाब हुन्छ ।

नेपालमा हरेक वर्ष औसतमा दुई हजार चिकित्सक उत्पादन हुन्छन् । काठमाडौं र त्रिभूवन विश्वविद्यालयअन्तर्गन यस बर्ष १ हजार ६ सय ५८ तथा पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १६५ विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गर्ने छन् । नेपाल मेडिकल काउन्सिलले गरेको सिट संख्या निर्धारण हेर्दा यो बर्ष नेपालमै १ हजार ८ सय २२ विद्याथीले चिकित्सा शिक्षा अध्ययन गर्न पाउने छन् । त्यसो त हरेक बर्ष चिकित्सक उत्पादन हुनेक्रम बढ्दो छ । तर, बिशेषज्ञ चिकित्सक सहर केन्द्रित हुनु र नयाँ उत्पादन विदेश पलायन हुनुले दुर्गम क्षेत्रमा संधै चिकित्सकको अभाव भइरहन्छ । सरकारले अध्ययन संस्थानसँग सहकार्य गरेर दुर्गममा विशेषज्ञ चिकित्सक पठाउने नीति लिनुपर्छ ।

अर्कोतिर सरकारी सेवामा चिकित्सकको मोह घट्दै गएको छ । अघिल्ला वर्षको तुलनामा सरकारी चिकित्सकको संख्या पनि घटेको छ । हाल सरकारी सेवामा दुई हजार चिकित्सक कार्यरत छन् । गाउँपालिकास्तरमा विशेषज्ञ सेवा पु¥याउन ३ हजार हाराहारीमा चिकित्सक अपुग छ । प्रत्येक वर्ष ६ सयको हाराहारीमा छात्रवृत्तिका चिकित्सक आउँछन् । तर, सरकारले उनीहरुलाई आवश्यक ठाउँमा खटाउन सकेको छैन ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]