Nepa Top
century-bank

न्युज २४ ले सुरु गरेको सप्तरीको मुशहर बस्तीको निर्माण तिब्र

सप्तरी । सप्तरीको कोइलाडी तिलाठी स्थित हरेक वर्ष डुबानमा पर्ने मुसहर बस्ती निमार्णका लागि हामीले अभियान सुरु गरेका थियौँ । गत वर्षको बाढीमा डुबानमा परेको बस्तीमा पुगेर स्थलगत रिपोर्टिङ गरेपछि दर्शकहरुले दिएको साथ र समर्थनले २०७४ पुस २९ मा हामीले मुशहर बस्तीको शिलन्यास गरेका थियाँै । यसका लागि हामीले जनता बैंकमा सञ्चालनमा ल्याएको न्युज २४ जनता बैंक विपत्ती राहात कोषमा जम्मा भएको १ करोड ९४ लाख ४७ हजार ७ सय ७२ रुपैयाँ नेपाल सरकराको एकद्वार नीतिका कारण २०७५ साउन १५ गतेसम्म रोक्का रहेको थियो । जसका कारण सप्तरीमा हामीले निर्माण गरिरहेको मुशहरु बस्तीले अपेक्षकृत तिब्रता पाउन सकेको थिएन ।

तर नेपाल सरकारले बस्ती निमार्णको गाम्भीर्यतालाई बुझेर २०७५ साउन १० गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले उक्त खाता फुकुवा गर्ने निर्णय गरेपछि अहिले कामले तिब्रता पाएको छ ।

जनता बैंकमा राहात कोषका नाममा सञ्चालनमा आएको खातालाई गृहमन्त्रालयले नेपाल सरकारको एकद्वार प्राणाली कारण रोक्का राखेको थियो । तर मन्त्रीपरिषदको बैठकपछि गृह मन्त्रालयले अर्थ मन्त्रालयलाई बस्तीको निर्माण अवस्थाको अनुगमन गरि फुकुवा गर्न पत्राचार गरेको थियो ।
सोही पत्र अनुसार अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैकलाई खाता फुकुवा गरिदिन अर्को पत्र काटेको थियो । यस लगत्तै राष्ट्र बैंकले जनता बैंकलाई खाता फुकुवाका लागि अनुमती दिएको थियो ।

यसपछि अहिले बस्तीमा धमाधम घर निर्माण भैरहेका छन् । अहिलेसम्म १८ घर निमार्णसम्पन्न भएका छन्, भने अन्य घर निमार्णधीन अवस्थामा रहेका छन् ।

साथै हामीलाई अहिले पनि हाम्रा दर्शकहरुले आर्थिक सहयोग गरिरहनु भएको छ । नेप्लीज एशोसिएशन अफ नर्थ अमेरिका ३ लाख ५० हजार, कतारमा कार्यरत नेपालीहरुको संस्था जागरुक युवा समाज नेपालबाट २ लाख २३ हजार १ सय ४ रुपैया, अमेरिका बाल्टीमोरमा रहनुभएका सवि थापा, सिर्जना विरही थापा कल्पना थापा लगाएतका साथीहरुबाट संकलन भएको २ लाख १७ हजार १ सय ७५ रुपैयाँ, युकेको वासिङटन स्थित एभर ग्रिन गुप्रले भ्यालेन्टाइन च्यारिटीको आयोजना गरि संकलित १ लाख रुपैया, विनाराम खरेल, रुपन्देही, १ लाख रुपैया, आङ दावा शेर्पा १ लाख रुपैया, मलेसियाको रुबेरन कर्पोरेशन विहार्ड कम्पनीमा कार्यतर बिमला दाहाल घिमिरे ६७ हजार ४ सय ५५, साउदी स्थित रियादमा रहेको आयान अरेवीया कम्पनी लिमिटेडमा कुस्माखर सापकोटा, खगेन्द्र न्यौपाने, नारायण सिंह राथोड, सुमन चन्द, सुवास सरु नारायण सपकोटा, गिरिराज खनाल, राम बहादुर विक, भिमबहादुर थापा, राजेनद्र गिरी र सुरज पराजुलीबाट ६० हजार रुपयौँ, जनमत शर्मा र उहाँको टिम अस्टे«लीयाबाट ५२ हजार ६ सय ५०, चन्द्र केयर पोखरा रानीपौवा बाट ५१ हजार १ सय ५१ रुपैया, लक्ष्मी राई न्यु लक्ष्मी ज्वोलर्स, अल्र्डसट युकेबाट ५० हजार रुपैया, विशाल राई युकेबाट ३० हजार, राजकुमार रिजाल अर्घखाँची हाल दुवईबाट ३० हजार, राजेश गुरुङ ३० हजार, सिद्धार्थ वनस्थल इन्सटीच्युटको २०७४ को ब्याचबाट संकलित २७ हजार ६ सय, अञ्जली श्रेष्ठ, बानेश्वर हाल अमेरिका २५ हजार, विष्णु भट्टराई, कंलकी २५ हजार, कान्ता गुरुङ थापा, जावालाखेल हाल हङकङ २५ हजार, रीता कृष्ण गुरुङ घान्द्रूक हाल युकेबाट २५ हजार रुपैया, नैनाकला गुरुङको परिवार पोखरा हाल युके २० हजार, सुर्य घिमिरे हाल अमेरिका १५ हजार रुपैया, रामबाबु न्यौपाने, शहनेश नगरपालिका लम्जुङ स्व चन्द्रकान्त न्यौपाउने मधुमाया न्यापानेको नाममा ११ हजार ५ सय रुपैया, मानकाजी श्रेष्ठ, क्यानडाबाट, इन्दीरा कार्की, नरेन्द्र रास्कोटी गुल्मी, जिपी पोखरेल मोरङ, सरिता उपाध्यय हाल अमेरिकाबाट १०/१० हजार रुपैयाँ, विमला भण्डारी, सुर्य न्यौपाने दाङबाट हामीलाई सहयोग गर्नुभएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]