Nepa Top
century-bank

पेट्रोलियम पदार्थ अभाव, घण्टौँ लाइन

भक्तपुर। ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि भक्तपुरका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ ।

चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौँ लाइन बस्नुपरेको हो ।

चालकले विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोल पम्पलेसमेत भएको पेट्रोलियम पदार्थसमेत बिक्री नगरी सटर लगाएपछि अचानक अभाव चुलिएको हो । आज बिहानैदेखि खुलेका अधिकांश पेट्रोलपम्पमा सवारी साधन लाइन बसे पनि अपराह्नपछि भने यहाँका अधिकांश पेट्रोलपम्प बन्द भएका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]