Nepa Top
century-bank

यौनप्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने विशेषज्ञ डाक्टर पक्राउ

काठमाडौं । आफैंले पढाउने छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने एक विशेषज्ञ डाक्टर पक्राउ परेका छन् । पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर मेघराज तिवारीले छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । तिवारीले आफैले पढाउने एक  छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की गरेको प्रारम्भिक अनुसान्धानबाट खुलेको हो ।

तिवारीले कंलकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा पढाउँछन्। सोही कलेजमा बिएस्सी अध्यनरत एक २० वर्षिया छात्रालाई तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राखेको तर छात्राले अस्वीकार गरेपछि म्यासेन्जरमार्फत् आपत्तिजनक म्यासेज पठाउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार  तिवारीले बारम्बार पीडित यूवतीलाई अश्लिल भिडियो र सन्देश पठाउँदै यौन प्रस्ताव राख्दै आएका थिए । उनको सो कुरालाई युवतीले नमानेपछि म्यासेजमा अश्लिल गालीगलौज गरेपछि उक्त कुरा सहन नसकेर छात्राले प्रहरीमा उजुरी दिएकी थिइन् ।

तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय अपराध मुद्धामा म्याद थपी अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]