Nepa Top
century-bank

सरकारलाई कारबाही गर्ने सर्वोच्च अदालतको चेतावनी

काठमाडौं  । आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको समाचार आजको नेपाल समाचारपत्रले  छापेको छ ।

संविधनको धारा १२८ को उपधारा ४ मा अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने उल्लेख छ । सर्वोच्चले चारपटकसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिए पनि सरकारले सर्वोच्चबाटै पक्राउ गर्दै आएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रबार अवहेलना मुद्दामा कारबाही गर्ने चेतावनी दिएको हो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]