Nepa Top
century-bank

काठमाडौं रिङरोड विस्तारका नाममा १२ सय रुख काटिए

काठमाडौं, २९ भदौ । रिङरोड विस्तारका लागि भन्दै १२ सय रुख काटिए । त्यसको चौतर्फी विरोध भयो । सरकारले एउटा रुख काटिएको बदलामा २५ वटा रुख रोप्ने बाचाँ गर्याे । तर रुख रोप्ने ठाउँ खोइ त ?

रिङरोडको कलंकी–कोटेश्वर लगभग पूरा भइसकेको छ । रिङरोडको दस किलोमिटर खण्डको निर्माण पुरा हुदा बृक्षरोपणका लागि भनेर ठाउँ राखिएको छैन । अब फेरी कि त बटुवा हिड्न बनाएको साघुरो पेटीमा नै रुख रोप्नुपर्यो अन्यथा चाहेर पनि रुख रोप्न सकिने अवस्था भने छैन । काठ्माडौँ उपत्यकालाई हराभरा बनाउन सडक पेटीमा पनि रुखहरु रोपिएका छन् ।

जन निर्वाचित प्रतिनिधिहरुका मुख्य नाराका रुपमा रहने गरेको स्मार्ट सिटीका नाममा सडकबत्तिले समेत सडककै पेटी पाएका छन् । एक त काठमाडौँका साँघुरा सडक त्यसमा पनि आधुनिक विकासले काठमाडौँको जनजीवन झनै अप्ठ्यारो बनाएको छ । महानगरपालिका भित्रका अधिकांश सडकपेटी निकै साँघुरा छन् । त्यसमा पनि विकासको नाममा गरिएको वृक्षरोपणले सडक पेटी झनै साँघुरो बनाएका छन् ।

तर, वृक्षरोपणको विषयमा महानगरको भने फरक धारणा छ । सडकपेटीबाहेक अन्य स्थानमा वृक्षारोपण गर्न नसकिने हुँदा सडकपेटीमै भएपनि वृक्षरोपण गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय मान्यता अनुरुप सडको २० प्रतिशत भागमा हरियाली बनाउनु पर्ने महानगरलाई बाध्यता छ ।

यता हरियाली चाहिएको छ त उता सडक फराकिलो । तर, यहि स्थितिमा भने सुन्दर हराभरा उपत्यकाको परिकल्पना साकार हुने सम्भावना भने देखिँदैन ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]