Nepa Top
century-bank

हजारौ वेवारिसे शव गाडिएको स्थानमा मेडिकल क्याम्पसको भवन बन्ने

काठमाडौं, २९ भदौ । शिक्षण अस्पताल परिसरको हजारौ वेवारिसे शव गाडिएको स्थानमा अब महारागञ्ज मेडिकल क्याम्पसको कक्षा कोठा भवन बन्ने भएको छ । बिद्यार्थीलाइ अध्ययनको लागि भवन अभाब भएको भन्दै शवहरु गाडिएको स्थानमै ४२ करोड ३२ लाख ६९ हजार ७७९ मा ७ तले भवन निर्माण हुने भएको हो ।

यो शिक्षण अस्पताल महाराजगंज क्याम्पस परिसरको बिशेष स्थान । बिशेष यस कारण की हेर्दा सानो चौर जस्तो देखिने यहाँ हजारौ हजार शवहरु गाडिएको छ । तर अब यहि शवहरु गाडिएको स्थानमा ३० महिनाको अवधिमा यहाँ ७ तले भवन बन्ने महाराजगंज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख डा प्रताप नारायण बताउनु हुन्छ ।

भूकम्प र अन्य बिभिन्न समयमा भेटिएका पहिचान नखुलेका शबहरु यहि ठाउँमा गाडिएको थियो । पहिचान नखुलेका वेवारिसे पनि पोस्टमार्टम पछि यहि गाडिन्थ्यो । अहिले भवन बन्ने भएपछि ६ महिना अगाडिदेखि यहाँ शव गाड्न रोकिएको छ भने यहाँ गाडिएका शवहरु पनि झिकेर अन्तै ब्यबस्थापन गर्ने र भूकम्पका शवहरुको भने सरकार आफैले अन्त्येष्टि गर्ने भएको छ ।

बर्षेनी ठूलो संख्यामा चिकित्सक उत्पादन हुने महाराजगंज मेडिकल क्याम्पसमा अध्ययन अध्यापन गर्न र भौतिक पूर्वाधारको समस्या रहदै आएकोले यो भवन बनेपछि गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्न सहज हुने क्याम्पस प्रमुख डा प्रताप नारायण बताउनु हुन्छ । हाल भवन निर्माण हुने स्थानमा रहेको शबहरु निकाल्न र अन्यन्त्र ब्यबस्थापन गर्न भने चुनौती रहेको कर्मचारीहरु बताउ छन् ।

एउटै खाल्डो मा ९ वटा सम्म शब् रहेको उक्त स्थानमा बर्षौ देखि हजारौ बेवारिसे शबहरु गाडिएको छ । भवन निर्माणको लागि त्रिभुवन विश्वबिद्यालयले रकम उपलब्ध गराएको छ ।

 

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]