Nepa Top
century-bank

पोखरामा ७० वर्षीया बृद्धा बलात्कृत भएको घटना प्रहरी र डाक्टरहरु मिलेर लुकाउन खोजे

  • उत्तम पौडेल,

कास्की, २९ भदौ । पोखरा महानगरपालिका ३१ मोहरियामा ७० वर्षीया बृद्धा बलात्कृत भएको घटना प्रहरी र डाक्टरहरु मिलेर लुकाउन खोजेको खुलासा भएको छ ।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा पीडित बिहीबार जचाउन जाँदा दुई जना डाक्टरले र प्रहरीले नै घटना लुकाउन अनुरोध गरेको पीडित बृद्धाको छोरा गोपाल महतराले बताएका छन् । आमालाई जचाउन लैजादा डाक्टरहरुले समाजमा इज्जत नरहने र पछिल्लो समयमा समाजले हेला गर्ने भएको कारण उक्त घटनालाई बाहिर नल्याउनको लागि आग्रह गरेको छोरा गोपालको बताए ।

डाक्टरहरुले उक्त घटनाको रिपोर्ट बाहिर ल्याउन नमिल्ने भन्दै सिधै जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाउने बताएको पनि महतराले बताए । महतराको अनुसार एक सादा पोशाकका प्रहरीले उनलाई घटनामा बाहिर नल्याउन अनुरोध गरेका छन् ।

तीजको समयमा बृद्धाका बुहारी माईत गएकी र छोरा महतारा पनि घरमा नभएको समयमा रेवतीरमण पाण्डेले नामका व्यक्ति वृद्धालाई बलात्कार गरेका थिए ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]