Nepa Top
century-bank

हजारौं दर्शकहरुलाई छमछमी नचाउने गायक नविन पौडेल

काठमाडौं, २९ भदौ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा आयोजित ‘छक्का पन्जा ३’ को प्रमोशनल प्रोग्राममा गायक नवीन पौडेलले उपस्थित हजारौं हजार दर्शक श्रोताहरुलाइ छमछमी नचाएका छन् ।

पशुपतिनाथको दर्शन गर्न आएका व्रतालु, पर्यटक एवम उपस्थित सम्पुर्णलाई धीत मरुन्जेल नचाएका छन् । यो पङ्तिकार प्रत्यक्ष समाचार सङ्कलन गरिरहँदा काभ्रेबाट दर्शन गर्न आएकी प्रत्यक्ष्यदर्शी फुर्साङ तामाङले नवीन पौडेलको जस्तो उर्जावान प्रस्तुती आजसम्मै नदेखेकी बताएकी छन् ।

‘अन्य कलाकारको तुलनामा नवीन पौडेलले त स्टेजमा धमाकानै गर्ने रहेछन् ।’ अर्का प्रत्यक्षदर्शी श्याम कार्कीले थपे, ‘नेपाल आइडलबाट आएका कलाकार निशान भट्टराई भन्दा दुई गुणा राम्रो र उर्जाशील प्रस्तुती दिए नवीनले ।’

त्यसोत यसअघि नवीन पौडेल स्टेज किङ र स्टेजका बादसाह भनेर दर्शक श्रोताबाटै उपाधी पाएका कलाकार हुन् । उनले अहिले बजारमा निकै चलेको उनको गीत ‘फुलेको तोरीलार्इर्, बैंश आकी छोरीलाइृ जोगाउनै गाह्रो’ ‘मन परेरै हो मैले तिम्लार्इ हेरेको, मन परेरै हो’, ‘के सम्झनु छ र जान्न मत त्यो घर’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा ‘छक्का प१जा ३’ की निर्मात्री निर्देशक दिपाश्री निरौला, दिपकराज गिरी, शिबहरी पौडेल, जितु नेपाल लगायतको प्रस्तुती पनि निकै रोचक थियो । यति धेरै फिल्मी गीत गाउने कलाकारको बिचमा नवीन पौडेललाई छान्नुमा उनको लोभलाग्दो प्रस्तुती नै ।

नवीनले प्रस्तुती दिइरहँदा एउटै स्वरमा हुटिङ ताली अनि वान्स मोरको आवाज सुनिन्थ्यो । दीपा श्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ फिल्म आउँदै गरेको हिन्दुहरुको चाड दशैंको छेकोमा दर्शकमाझ रिलिजमा आउँदैछ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]