Nepa Top
century-bank

अब विदेशमा गएर उपचार गराउँदा नेताहरुले पनि आफै खर्च व्यहोर्नु पर्ने

काठमाडौं, २९ भदौ । राज्यको ढुकुटीबाट उपचारको सुविधा भोग्दै आएका विशिष्ट व्यक्तिहरुका लागि अब त्यो सुविधा बन्द भएको छ । सर्वत्र आलोचनको विषय बनेको यो सुविधा कटौती हुने गरि संसदबाट जनस्वास्थ्य विधेयक पारित भएको छ ।

बिधेयकमा गरिएको व्यवस्था अनुसार राज्यका विशिष्ट ब्यक्ति लगायत नेताहरुले सरकारी ढुकुटीबाट विदेश उपचार गर्न जान पाउने छैनन् । यदी स्वदेशमा उपचार नहुने रोग लागे अब नेताहरुले पनि जनताले जस्तै आफ्नै खर्चमा मात्र विदेश उपचार गर्न जानु पर्ने छ ।

जनस्वास्थ्य विधेयकमा सांसद एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले स्वदेशमा उपचार नगरी आफू खुसी विदेशमा उपचार गराउने कुनै पनि व्यक्ति, वर्तमान तथा पूर्व विशिष्ट लगायतलाई कुनै पनि निकायबाट कुनै पनि नाममा सरकारले उपचार खर्च वा आर्थिक सहायता उपलब्ध गराउने छैन भन्ने संशोधन दर्ता गरेका थिए । थापाको प्रस्तावलाई थप स्पष्ट र विस्तारित गर्दै समितिले अघि बढाएको विधेयक संसदले पारित गरेको हो।

पूर्व मन्त्री थापाले गणतान्त्रिक मुलुकमा नेता र जनता समान भएको भन्दै नागरिकले रोग लागे ऋण खोजेरे उपचार गर्ने र नेता राज्यको ढुकुटी बाट विदेश जानु अपाच्य हुने बताउनु भयो ।

त्यसो त नेपालमै विशिष्टहरुलाई सेवा दिन भनेर सरकारी अस्पतालहरुमा भीभीआइपी र भीआइपी व्यवस्था सहितको उपचार कक्षहरु रहेको छ । पछिल्लो समय नेताहरु उपचारको लागि विदेश जाने प्रबित्ति बढ्दै गर्दा वीर अस्पतालको सुबिधा सम्पन्न भीभीआइपी उपचार कक्ष प्रयोगविहीन बनेको छ ।

बिगतमा पनि स्वदेशमा उपचार नहुने रोग लागे वीर अस्पतालको मेडिकल रिपोर्ट लिएर मात्र विदेश उपचार गर्न पाइने ब्यबस्था थियो तर यो प्रावधानलाई नेताहरुले लत्याउदै आएका छन् । तर नयाँ कानून बने पनि कार्यान्वयन प्रति आशंका अझै बाँकी छ ।

 

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]