Nepa Top
century-bank

युएईबाट लघु चलचित्र ‘मरुभुमीको गोर्खे’: विदेशिएकाहरुको वास्तविकता

काठमाडौं, २९ भदौ । अध्ययन तथा रोजगारीको शिलशिलामा विदेशिने नेपालीहरुले सामाजिक सञ्जालमा अपलोड गर्ने तस्वीरमा र म्यासेन्जरमा नेपालमा हुने साथीसँग गर्ने कुराकानी वास्तविकता भन्दा फरक हुन्छन् भन्ने धेरैको बुझाइ छ ।

केहीको जिवनशैली तस्वीरमा देखिए जस्तै भएपनि तस्वीर पछिको कथा भने भेग्लै छ । खाडीमुलुकमा पुगेकाहरुले सामाजिक संजालमा पोष्ट गर्ने तस्वीर पछाडिको कथा हो ‘मरुभुमिको गोर्खे’ । नेपालको ताराखोलाबाट सुन्दर भविष्यको कल्पना गर्दै मेनपावर र एजेन्ट मार्फत युएइ पुगेको जितबहादुरले युएइमा भोग्ने कथा हो ‘मरुभुमिको गोर्खे’ ।

जितबहादुरको भुमिकामा छन् राज थापा । नेपालबाट आँफु के कामका लागि जान लागेको हो, कुन कम्पनीमा जान लागेको तथा त्यहाँको भाषाको बारेमा जानकारी नलिई युएईमा पुगेका जितबहादुरले भोग्ने वास्तविकतालाई पर्दामा उतारेका छन निर्देशक गोपाल कडेलले ।

कडेल गैर आवसिय नेपाली संघ एनआरएनए का मध्यपूर्व उपसंयोजक समेत हुन । आफ्नो लामो युएइ बसाईमा भोगेका देखेका कथालाई पात्र मार्फत देखाउन खोजिएको छ । पहिलो छोटो चलचित्र भएका कारण पनि हुन सक्छ । चलचित्रमा केही प्र्राविधिक पाटाहरु कमजोर देखिएका छन् । कलाकारहरुले कथालाई जिवन्त तुल्याउन भरपुर मेहनत गरेका छन् ।

सुरुवाती लोकशन छनोटमा भने केही अस्वभाविक देखिन्छ । चलचित्रमा मुभिमाराज थापा,बलराम कुइकेल, निर्मल सुनार, श्रीराम घिमिरे, बिनोद घिमिरे, सविन आले, गोपाल कंडेल, रमेश खडका, पायल कार्की, पुनम पुरीको अभिनय रहेको छ । त्यस्तै अतिथि कलाकारको रूपमा रतिस मोहन, मैनुद्दिन, आर्शी खान, बालाजी लगायतले अभिनय गरेका छन् । त्यस्तै उक्त मुभिमा गैर(आवसिय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठ र ब्यवसायी मित्रलाल पाण्डेको पनि अभिनय छ ।

कथाले विदेशिएका नेपालीको वास्तविकतालाई भने उठाएको छ । विदेशिनु पूर्व एक पटक चलचित्र हेर्ने हो भने पनि धेरै चलचित्र सहयोग सिद्ध हुनेछ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]