Nepa Top
century-bank

२ पोष्टरमा रेनेशा राईको ‘इन्टु मिन्टु लण्डनमा’

काठमाडौं, २९ भदौ । आगमी असोज ५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मको दुई वटा पोष्टरहरु सार्वजनिक गरिएको छ, जहाँ एउटा पोष्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई प्रस्तुत गरिएको छ ।

त्यस्ैतै अर्को पोष्टरमा भने साम्राज्ञी र धिरजको साथमा शारुक ताम्राकार, विजय लामा, दिल भूषण पाठक, अर्जुन श्रेष्ठ, रुवी राणा शाहलाई देखाईएको छ । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को यसअघि गीत र ट्रेलर सार्वजनिक गरिएको थियो ।

अहिले फिल्मको सार्वजनिक गीत र ट्रेलरले एकप्रकारको हाइप बनाइसकेको छ । आइकोर फिल्मसको ब्यानरमा निर्माण भएको ‘इण्टु मिण्टु लण्डनमा’लाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् ।

सुलेखा राई, वसन्त तामाङ र सुष्मिता जिरेल फिल्मको सह निर्माता हुन् । फिल्मलाई चर्चित कारियोग्राफर रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् । उनको यो डेव्यु निर्देशन हो ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]