Nepa Top
century-bank

दसैंअघि वाणिज्य बैङ्कहरुले लाभांश घोषणा नगर्ने सङ्केत

काठमाडौं, २९ भदौ । शसैंअघि वाणिज्य बैङ्कहरुले लाभांश घोषणा नगर्ने सङ्केत गरेका छन् । आर्थिक वर्षको दुई महिना सकिनै लाग्दा बैङ्कहरुले अझै लाभांश घोषणा गर्न अलमल गरिरहेका हुन् ।

लघुवित्त वित्तीय संस्था, विकास बैङ्क, वित्त कम्पनी, उत्पादनमूलक कम्पनी र जलविद्युत् कम्पनीले धमाधम लाभांश घोषणा गरेपनि मुख्य हिस्सा ओगट्ने र चर्चामा रहेका वाणिज्य बैङ्कहरु भने सुस्ताएका छन् ।

गत आर्थिक वर्षको नाफाबाट उपयुक्त लाभांश पाउने लगानीकर्ताको अपेक्षा रहेपनि कम्पनीहरुको आलटालले लाभांश प्रभावित हुनसक्ने आशंका गरिएको छ । यस वर्ष वाणिज्य बैङ्कहरुले दसैंअघि लाभांश घोषणा नगर्ने संकेत दिएका छन् । विगतका वर्षहरुमा लाभांश घोषणा र साधारणसभा गर्नमा प्रतिस्पर्धा गर्ने बैंकहरु यसपटक भने सुस्ताएका छन् ।

गतवर्ष नबिल, सिटिजन्स र एनआईसी एसिया बैंकले दसैंअघि नै साधारणसभा सकेर लगानीकर्तालाई बोनस सेयर तथा नगद लाभांश दिइसकेका थिए । तर, यस वर्ष दसैं दुई साता पर धकेलिएर असोज मसान्तमा सुरु हुने भएपनि बैंकहरु लाभांश घोषणामा अझै अलमलिइरहेका छन् ।

बैंकको लाभांशमा लगानीकर्ताको विशेष चासो हुन्छ । किनभने नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये वाणिज्य बैङ्क समूहको अधिक हिस्सा छ । कुल सूचीकृत कम्पनीको कारोबारमध्ये तीन चौथाइ हिस्सा वाणिज्य बैंकले ओगटेका हुन्छन् ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]